भलवारी जेसिसको दसौं साधारण सभासंपन्न
बिनोद परियार,बुटवल, २१ पुस - युवाशक्ति राष्ट्र निर्माणको एक मात्र बिकल्प भएको एक कार्यक्रमका सहभागी बक्ताहरुले बताएका छन् । भलवारी जेसिसको दसौं साधारण सभामा बोल्ने बक्ताहरुले उक्त कुरा बताएका हुन् । उनिहरुले राष्ट्र निर्माणको जिम्मेवारी युवाहरुको काधमा सुम्पिए देशको भबिश्य उज्जवल हुनेमा जोड दिएका थिए ।
साधारण सभामा बोल्ने बक्ताहरुले युवाहरुको नेतृत्वदायी संस्था नेपाल जेसिस राजनितीक दलहरुलाई राष्ट्रको नेतृत्व गर्ने बिषयमा ज्ञान दिने बिश्व बिद्यालय बनेको बताए । सो अवसरमा बोल्दै पश्चिम नेपाल बस ब्यबसायी संघका अध्यक्ष दधिराम खरेलले युवाहरु जानेर वा नजानेर राजनितीक दलहरुलाई सत्तामा पुऱ्याउने भरयाङ्क बनेको बताउदै दलहरुको गलत सस्कार र परिपाटीको अन्त्यका लागी जेसिसले अगुवाई गर्नु पर्ने बताउनु भयो । भलवारी जेसिस बर्ष १२ का अध्यक्ष सुर्य पाठकको अध्यक्षता तथा अधिवेशन आयोजक समितीका संयोजक बृजेश कुमार न्यौपाने स्वागतमा सम्पन्न कार्यक्रममा लुम्विनी टेलिभिजनका स्टेशन म्यानेजर दिनेश पाण्डे, यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका महासचिव दिनेश फुल्लेल, कपिलबस्तु जेसिसका पुर्व अध्यक्ष पोष्टराज गौतम, गायक सुगम पोखरेल, कृष्ण बेल्वासे, डोलराज बस्याल, सुरज पंगेनी, प्रकास गैरे लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।