|

हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु

इटहरी, माघ १७- हात्तीको आक्रमणबाट सुनसरी हरिपुर ३ की भोलियादेवी मुखियाको मृत्यु भएको छ। आज बिहान २ बजे जंगली हात्ती गाउँ पसेको थाहा पाएपछि त्यसलाई धपाउन घर बाहिर निस्केकी उनको हात्ती आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो। ५५ वर्षीय मुखियाको हात्ती आक्रमणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


कोशी टप्पु बन्यजन्तु आरक्षणबाट गाउँ पसेका हात्तीले मान्छेलाई आक्रमण गर्ने गरेका छन्। टप्पुका हात्तीबाट सप्तरीका केही गाविस, उदयपुरको तपेश्वरी, सुनसरीको हरिपुर र श्रीपुरको त्रसित रहे पनि स्थानीय प्रशासनले हात्ती नियन्त्रणका लागि कदम चालेको छैन।

एकसाता अघि गृहमन्त्री सुनसरी भ्रमणमा आउँदा हात्ती पीडितहरुले पूर्व पश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरी बिरोध जनाएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर थापाले सुनसरीको हरिपुर र श्रीपुरलाई विद्यतीय घेरा बनाइ गाउँलेलाई सुरक्षति पार्ने प्रयास भइरहेको उल्लेख गरेका थिए।  स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 7:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हात्तीको आक्रमणबाट एक जनाको घटनास्थलमै मृत्यु"

Leave a reply