अर्घाखाँची संपर्क समिति यूएईको बिशेष भेला सम्पन्न
उमाकान्त पाण्डे गाउंले - अ.खाँ.टा. (यूएई डेस्क)- अर्घाखाँची संपर्क समिति यूएईको बिशेष भेला सम्पन्न भएको छ । भेला दुबइको मेट्रो पार्कमा जनवरी ११ तारिख शुक्रबारका दिन सम्पन्न भएको हो । "अर्घाखाँची संपर्क समिति यूएई" यूएईमा रहेका बिभिन्न सामाजिक संघसस्थाहरु सगं सहकार्य गर्दै पछिल्लो थोरै समयमा स्थापित भएको छ ।बिशेष भेलाले यूएईमा रहेका अर्घाखाँची बासीको तथ्याकं सकंलन कार्यबारे विवरण प्रस्तुत गरिएको थियो । अहिले सम्म ६ सय २३ जनाको विवरण सकंलन गरिएको र अझै पनि तथ्याकं सकंलन अभियान जारी राखिने निर्णय गरिएको छ । तथ्याकं सकंलनलाई केन्द्रिय समिति लगायत क्षेत्रिय समिति अन्तरगत आबुधाबी,दुबइले समेत मिलेर गर्ने जनाएका छन । भेलामा संपर्क समिति यूएईले अहिले सम्म गरेका कामको समीक्षा गर्दै आगामी दिनमा के कसरी कार्य सम्पादन गर्ने भन्ने बारे छलफल भएको थियो ।
सामाजिक कार्य सगैं अन्य संघसस्था सगंको समन्ययबमा छोटो समयमा नै यूएईमा समितिलाई स्थापित गरेकोमा वर्तमान कार्य समितिको मुक्त कण्ठले प्रशंशा गरेका थिए । साथै जिल्ला बासीहरुलाई परेको बेला सक्दो सहयोग गर्न तयार रहनु पर्नेमा जोड दिएका थिए ।
भेलामा मन्तब्य राख्दै सल्लाहकार चन्द्र सरु मगरले जिल्ला बासीको बाक्लो जमघट देखेर खुशी मान्दै समाजको लागि लागि पर्न अनुरोध गरेका थिए । हामी कार्यक्रमका साथमा भाबी रणनीती बनएर जानु पर्छ, अर्का सल्लाहकार कृष्ण भाटको भनाइ थियो , त्यसै गरी समाजले निकै राम्रो काम गर्दै गएकोमा सम्पूर्ण जिल्ला बासी हरुलाई हातेमालो गर्न समाजका वरिस्ठ सल्लाहकार रविलाल खनालले आवह्वान गरेका थिए । अबुधाबी क्षेत्रिय समितिका अध्यक्ष दीपक कुँवरले भर्खर मात्र क्षेत्रिय समिति गठन गरेको र अब अबुधाबीमा रहेका सबै जिल्ला बासी हरुलाई जती सक्दो छिटो सम्पर्कमा आउन अनुरोध गर्दै केन्द्रिय समिति सँग मिलेर जाने प्रति वद्दता व्यत्त गरे । त्यस्तै क्षेत्रिय समितिका उपाध्यक्ष होम बहादुर क्षेत्रीले सहकार्य गरेर जाने हो भने सफल हुनेमा निस्चित भएकोले जिल्लाको नामलाई बिदेशमा समेत चिनाउन लागि पर्ने बताए । कार्यक्रममा क्षेत्रिय समितिका सचिव प्रेम बहादुर थापाले समेत बोलेका थिए ।
भेलाले केन्द्रिय कोषाध्यक्षमा सहकोषाध्यक्ष अर्जुन खड्कालाई जिम्मेवारि प्रदान गरेको छ । यस् अघि कोषाध्यक्ष रहेका प्रकाश रायमाझी २ महिना अघि नेपाल फर्केकोले रित्त पद परिपुर्ती गरिएको हो।
बिशेष भेलाको अध्यक्षता समितिका केन्द्रिय अध्यक्ष राजु खड्काले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले आफ्नो नेत्रित्वको कार्यकालमा यूएईमा रहेका अर्घाखाँची बासीलाई एक जुट गराउदै अघि बडेको र अझै पनि गर्दै जाने बताए । जिल्ला बासीलाई एकजुट गराउन आफ्नो एकल प्रयासले मात्र सम्भब नभएकोले सामुहिक प्रयास लाई निरन्तरता दिने बताए । उनले यस् कार्यमा वर्तमान कार्यसमिति लाई सहयोग गर्न उपस्थित सम्पूर्णलाई अनुरोध गरेका थिए ।
यूएईमा रहेका बिभिन्न संघसस्थामा अर्घाखाँची बासीको बाहुल्यता पाईन्छ । अर्घाखाँची सम्पर्क समिति यूएईले अन्य संघसस्था सगै समन्ययब गरेर सामाजिक कामहरु गरिरहेको छ । यूएईमा अत्यधिक अर्घेलीहरु रहेको पाईन्छ । अधिकारिक तथ्याकं नभए पनि बाहुल्यता धेरै छ । त्यसर्थ सम्पूर्ण जिल्ला बासी मिलेर सगंठित हुँदै जाने हो भने भबिस्यमा आउन सक्ने कुनै पनि समस्याको समाधान जिल्लाबासी मिलेर गर्न सकिन्छ भन्ने बुद्दीजिवीको बिश्लेशण छ |
Posted by Butwalonline
on 5:11 AM. Filed under
News,
Photo Gallery,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response