|

छोराको विवाहका लागि ट्यांकरमा पानी ओसारीरहेका बाबुको मृत्यु

काठमाडौं, माघ १ - छोराको विवाहका लागि ट्यांकरमा पानी ओसारीरहेका बाबुसहित २ जनाको ट्यांकर दुर्घटनामा ज्यान गएको छ ।

काठमाडौंको दहचोकमा सोमवार दिउँसो पानी लिएर गएको बा २ ख ६१८ ट्यांकर पल्टिदा चालक थानकोट ५ का राधेश्याम महर्जन र दहचोकका रामशरण आलेको ज्यान गएको प्रहरी नायव निरीक्षक विरेन्द्र जुहारीले जानकारी दिनुभयो ।

मृतक रामशरणका छोराको विहेका लागि पानी लिएर गइरहेको ट्यांकर बाटोबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका ३ जनाको ललितपुरमा उपचार भइरहेको छ ।स्रोत : उज्यालो  नेटवर्क

Posted by Butwalonline on 8:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोराको विवाहका लागि ट्यांकरमा पानी ओसारीरहेका बाबुको मृत्यु "

Leave a reply