|

लोक गायिका जमुना राना दुबईमा सम्मानित

लालबहादुर ढेंगा, दुबई, युएई,दुबई । गत ५ जनवरी शनिबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा चर्चित लोक गायिका जमुना राना मगरलाई मगर संघ युएईले एउटा कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । स्याङ्जा सहयोग समाज युएईद्धारा आयोजना गरिएको नयां बर्षको सांस्कृतिक कार्यक्रममा भाग लिन दुबईमा आउने क्रममा सो सम्मान गरिएको हो ।

साकिने–५, पाल्पामा जन्म भएकी जमुना राना नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायिकाको रुपमा चिनिनुहुन्छ । उहांको चर्चित एल्बम मध्ये  “रन्क्यो सहनाई, जलेसी जमुना, माया भए सम्झी भेट्न आउं, आंसु पुछ्दै छु, भकारीमा धान छ, संगतले बिगार्‍यो मेरो बुढालाई,, ले बजारमा निकै चर्चा कमाउनमा सफलता पाएको थियो । एक दर्जनभन्दा बढी एल्बमहरुमा आफ्नो आवाजहरु जमाएकी गायिका राना आजकल देश तथा बिदेशमा भएका कार्यक्रमहरुमा निकै व्यस्ततामा रहेकी छिन् ।

परिचयत्मक कार्यक्रमबाट थालनी भएको सम्मान कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रीय प्रशिक्षण विभाग प्रमुख राजु सिंजालीले दिनु भएको थियो । संस्थाका विभिन्न पदाधिकारीहरुले खादा ओढाएका थिए भने कार्यवाहक अध्यक्ष बविता रास्कोटी मगरले प्रशंसा–पत्र दिएर सम्मान गरेकी थिइन् । सम्मानित गायिका रानाले आफ्नो मन्तव्यको क्रममा प्रवासमा आएर पनि यति धेरै माया र हौसला पाएको भन्दै मगर संघ युएईलाई बिशेष धन्यबाद समेत दिइन् । सो अवसरमा आफ्नो मन्तव्य राख्नेहरुमा गायिका जमुना राना, लालबहादुर ढेंगा, खुमबहादुर आले र धनेन्द्र मास्की राना रहेका थिए ।

गायिका जमुना रानाको प्रमुख आतिथ्यता र कार्यवाहक अध्यक्ष बविता रास्कोटीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रीय सचिव ललितमान रानाले संचालन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरुको उल्लेखय सहभागिता रहेको थियो ।     

Posted by Butwalonline on 6:10 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लोक गायिका जमुना राना दुबईमा सम्मानित "

Leave a reply