|

अदालतमा नाङ्गा प्रर्दशनकारीको बबाल (फोटो र भिडियो सहित)

अमेरिकाको सानफ्रान्सिस्को सिटीमा हालै नग्न प्रदर्शनकारीहरुले बवाल मच्चाएका छन् । सार्वजनिक रुपमा नागिंन नपाउने सिटी काउन्सिलको विवादास्पद निर्णयपछि यस्तो भएको हो ।

गत बुधबार क्यालिफोर्नियास्थित सन फ्रान्सिस्कोमा बैठक चलिरहेका स्थानमा उनीहरु पुगेका थिए ।

एक महिलाले सुनुवाई कक्षमै पुगेर कुरा राख्दै गर्दा कपडा खोलेर नाङ्गै भएकी थिइन् । त्यसपछि उनलाई सुरक्षाकर्मीले हलबाट निकालेका थिए । पूर्व स्ट्रीपर डान्सर तथा टेलिभिजनमा नाङ्गो कार्यक्रम संचालन गर्ने ती ४३ बषिर्य महिला तीन सन्तानकी आमा पनि हुन् ।

उनले न्यायाधीशहरुअघि नाङ्गो हुन पाउन प्राकृतिक अधिकार भएको दावी गर्दै त्यसमा बन्देज नलगाउन चेतावनी दिइन् ।

सान फ्रान्सिस्को बोर्ड अफ सुपरभाइजरले शहर क्षेत्रमा नांगिन प्रतिवन्ध लगाएको थियो । नयाँ नियम अनुसार पहिलो पटक नांगो भेटिएमा १ सय, दोस्रो पटक भेटिएमा २ सय अमेरिकी डलर जरिवाना हुनेछ भने तेस्रो पटक पक्राउ पर्दा १ वर्ष कैद र ५ सय अमेरिकी डलर जरिवाना तिर्नु पर्नेछ ।
भिडियो हेर्नुहोस्

 स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:08 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अदालतमा नाङ्गा प्रर्दशनकारीको बबाल (फोटो र भिडियो सहित)"

Leave a reply