|

फेरि बढ्यो लोडसेडिङ अब दैनिक लोडसेडिङ दश घण्टा

काठमाडौ, मंसिर २२ – नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि फेरि लोडसेडिङको समय बढाउने भएको छ ।नदी तथा खोलामा पानी सतह घट्दै गएकाले लोडसेडिङ बढाउने तयारी भएको नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार अब दैनिक लोडसेडिङ दश घण्टा हुनेछ । यसअघि दैनिक ८ घण्टाका दरले लोडसेडिङ्ग हुने गरेको थियो । क्षेत्रीका अनुसार शुक्रबार दिउँसो प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्नेछ ।

सरकारले लोडसेडिङ न्यूनीकरण कार्ययोजना सार्वजनिक गरेपनि त्यसको कार्यान्वयन नभएपछि बढ्दै गएको छ । कार्ययोजना अनुसार दैनिक १२ घन्टादेखि लोडसेडिङ नबढ्ने बताएपनि हिउँदमा १९ घन्टासम्म लोडसेडिङ हुनसक्ने प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
स्रोत : उज्यालो नेटवर्क 

Posted by Butwalonline on 7:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेरि बढ्यो लोडसेडिङ अब दैनिक लोडसेडिङ दश घण्टा"

Leave a reply