गैर आवासीय नेपालीद्वारा ईन्डोर क्रिकेटप्राक्टिस नेट प्रोजेक्टको सुभारम्भ
अर्जुन दाहाल,२३, डिसेम्बर, २०१२ (दुबई) । संयुक्त अरब इमिरेटसका गैर आवासीय नेपालीले नेपालमा ईन्डोर क्रिकेट प्राक्टिस नेट बनाउने प्रोजेक्टको सुभारम्भ गरेकाछन् । प्रोजेक्टलाई सुभारम्भ गर्दैगत २१ डिसेम्बर २०१२ मा बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी क्रिकेट प्रेमीको पहलमा चन्द्र बहादुर रोकाहाको सयोजक्त्वमा २१ सदस्यीय“ईन्डोर क्रिकेट प्राक्टिसनेट प्रोजेक्ट स्टीयरिङ कमिटि”गठन गरिएको छ । यस कमिटिले आगामीअक्टोबर २०१३ माहुने एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर ईन्डोर क्रिकेट अभ्यास नेटको उद्घाटन गर्दै प्रोजेक्ट समापन गर्ने कार्यक्रम रहेको छ ।
दुई सदस्य पछि थपगर्ने गरी गठित यस स्टीयरिङ कमिटिमा, चन्द्रप्रसाद सापकोटा, लोकनाथ सुबेदी, सन्तोष प्रसाई, रमेश कार्की, अर्जुन दाहाल, सञ्जिब खडका, सुदिपकार्की, प्रकाशकोइराला, बिकास अधिकारी, सुर्य अधिकारी,ईश्वर श्रेष्ठ, भुपति न्यौपाने, प्रकास पौडेल, भिम श्रेष्ठ, श्याम कडेल, कृष्ण प्रसाद भुसाल, गोपाल प्रसाद कडेल, सुजना गिरी सदस्य रहेकाछन् । यस कमिटिले आगामी जनवरी १ मा बैठक बसी यस प्रोजेक्टलाई सफल बनाउनका लागि विभिन्न कार्यक्रम संचालनमा ल्याउने बुझिएको छ । नेपाली क्रिकेट टिमको जर्सी वितरण, सहयोग अभियान तथा कल्चरल कार्यक्रम लगाएतका अन्य कार्यक्रम यो प्रोजेक्टलाई सफल बनाउने साधकहुन सक्ने छन् ।
कमिटिका संयोजक श्री रोकाहाले यो अभियान एक जनाव्यक्ति र संघसस्थाको मात्रनभएर यो सम्पूर्ण नेपाल र नेपालीको अभियान भएकाले यसमा साथदिन सम्पूर्ण यूएई लगाएका विश्वभरका नेपाली माझ आग्रह गर्दै सम्पूर्ण नेपालीको सहयोग पाउने पूर्ण विश्वास रहेको बताएकाछन् ।
कार्यक्रममा एनसीसीका उपाध्यक्ष विकास अधिकारीले स्वागत गरेका थिए भने नेपाली क्रिकेट फ्यान क्लबका सञ्जिव खडकाले यस अभियानमा फ्यान क्लबले पनि साथदिने बताएका थिए ।उक्त कार्यक्रममा यूएईका संघसस्थाका प्रतिनिधि, क्रिकेट प्रेमी,समाज सेवी, बुद्धीजीवीवर्ग, नेपाली पत्रकार तथा यूएईको राष्ट्रिय दैनिक गल्फ टुडेका पत्रकारको उपस्थिती रहेको थियो ।
यूएईमा सम्पन्न एसीसी ईलाइट कपको विजेता नेपाली क्रिकेट टिमका कोच पुबुदु दसनायकेले यूएई आएको बेलामा नेपाली क्रिकेटको विकास गर्नका लागि ईन्डोर अभ्यास नेट आवश्यक रहेको उल्लेख गरेका थिए । जसलाई पुरा गर्न चन्द्र बहादुर रोकाहाले गैर आवासीय नेपालीको पहलमा ईन्डोर अभ्यास नेट बनाउन नेपाल क्रिकेट संघका पदाधिकारी सगको छलफल गरेकाथिए ।
नेपालमा बर्षाका समयमा अभ्यास गर्नका लागि मैदान नै छैन । नेपालले कतिपय टुर्नामेन्टमा कम अभ्यास गरेरै खेलेको छ । यस्तो अवस्थामा गैर आवासीय नेपालीले थालेको यो अभियानले नेपालले क्रिकेटमा छुट्टै पहिचान बनाउन सफल हुने आशागर्न सकिन्छ ।



