गुल्मी सेवा समाज, यूएईको क्षेत्रिय समिति बिस्तार
रबिन्द्र फुयाल — दुबई, यूएई -२२ डिसेम्वर २०१२ ,गुल्मी सेवा समाज, यूएईले यहा कार्यरत् सम्पुर्ण गुल्मेलीहरुलाई समेट्दै सस्थामा आवद्ध गराई समाजिक कार्यलाई तिब्रगतिमा अगाडी बढाउन सयुक्त अरब ईमिरेट्सका सबै क्षेत्रमा क्षेत्रिय समितिको बिस्तार अभियान थालेकोछ । यसै अभियान अनुसार २१ डिसेम्वर २०१२ का दिन आबुधाबि स्थित कर्निस पार्कमा भेलाको आयोजना गऱ्यो उक्त भेलामा आबुधाबीमा रहेका अधिकम्स गुल्मेलिका साथै अन्य जिल्लाका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दिउसो २ बजे बाट सुरुभएको औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष शंकर ज्ञवालीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाली जनसम्पर्क समिति, यएईका अध्यक्ष चित्रबहादर केसी अन्य अतिथिहरुमा जनसम्पर्क समितिका उपाध्यक्ष खेमराज बस्नेत, नेपाली मगर साघ, यूएईका सागठन बिभाग प्रमुख चन्द्रबिक्रम सारु, पर्बत जिल्लाका समाजसेवी दिपक भट्ट, तमु समाज यूएईका गुञ्जमान गुरुङ्ग, बाग्लुङ्ग सेवा समाज, यूएईका सल्लाहकार देबिदक्त सुवेदी, लगायत बिभिन्न साघ–सासथाका पदाधिकारीहरु अन्य बुद्धिजिबी समाजसेबी र थुप्रै गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।
लक्ष्मण अर्यालको शुभकामना मन्तब्यबाट सुरु भएको कार्यक्रमा लाई सास्थाका सल्लाहकार लक्ष्मण भण्डारीले सस्थाको उद्धेशय भावी कार्य योजना सहीत बिसतृति जानकारी गराएका थिए । उक्त भेलाले कृष्ण प्रसाद गौतम अध्यक्ष रहेको १५ सदस्य कार्य समिति र ३ जना सल्लाहकार सदस्य रहनेगरी गुल्मी सेवा समाज, यूएई आबुधावी क्षेत्रिय समिति गठनगरी सास्थापक अध्यक्ष शाकर ज्ञवाली द्धारा सपथ ग्रहण गराई सास्थाको बिधान माइनट बुक साथै अन्य कागजात हस्तान्तरण गरी आवस्यक सुझाव निर्देशन सहीत सास्थाको उद्धेश्य प्राप्तीका लागि सधै तल्लीन रहन आग्रहगरेका थिए ।
त्यसैगरी आफ्नो मन्तव्य ब्यक्तगर्दै जनसम्पर्क समितिका अध्यक्ष चित्र बहादुर केसीले नव गठित कार्यसमितिलाई शुभकामना दिर्दै कार्य सफलताको कामनाका साथ गुल्मी सेवा समाजलाई आफुले सधै सहयोगगर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाउदै आफु बाग्लुङ्ग जिल्लामा जन्मे पनि पढाई लेदाई र बसाई गुल्मी जिल्लामा भएको जानकारी गराउदै यो सास्थाबिस्तार भएकोमा खुसि ब्यक्रगरेका थिए मन्तब्य कै क्रममा अन्य अतिथिहरु बाट बधाई तथा शुभकामना ब्यक्रगर्दै कार्य समितिका पदाधिकारीहरुको सफलताको कामनाका साथ सास्थाको प्रगतिको कामनागर्दै आफुहरुले सास्थालाई सक्दो सहयोग गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । नव निर्वाचित अध्यक्षबाट सबैलाई धन्यवाद दिदै आफु र आफ्नो टिमले हर हमेशा तल्लीनरही सामाजिक कार्यगर्ने प्रतिबद्धता जनाएका थिए ।
अन्त्यमा कार्यक्रमका सभापति बाट उपसिथीत सबैलाई धन्यवाल दिदै आगामी दिनमा सास्थाको उद्धेश्य प्रात्तीमालागि तल्लीन रहन आग्रह गर्दै नव निर्वाचित पदाधिमारअिरुलाई बधाई तथा धन्यवाद दिएका थिए ।साथै सायुक्त अरब ईमिरेट्सका अन्य स्थानहरुमा पनि लगातार क्षेत्रिय समितिको बिस्तार अभियान तथा अन्य कार्यक्रमको बिस्तारमा लागिरहने जानकारी गराउदै बिभिन्न स्थानमा रहेका गुल्मेली दाजुभाई दिदी बहिनीहरुलाई सास्थामा आबद्ध भई हातेमालो गरी सामाजिक कायगर्न आग्रहगरेका थिए । बिस्तृत जानकारीकालागि निम्न ब्यातिmहरु शाकर ज्ञवाली ०५५, ३०४२८६९ लक्ष्मण अर्याल ०५५,४९२७४३२ लक्ष्मण भण्डारी ०५५, ३८३९६१६ लाई सम्पर्कगरी समाजमा आवद्ध भई यसको अभियान सफलपार्न सहयोग गरिदिनुहुन सम्पुर्ण गुल्मेली दाजुभाई दिदी बहिनीहरु लगायत सबै नेपालीलाई आग्रह गरेकाथिए । उक्त कार्यक्रमको सञ्चालन टिकाराम खरेलले गरेका थिए कार्यक्रम बेलुका ५:३० सम्म चलेको थियो ।