|

ज्ञानोदय माध्यमिक बिद्यालय बुटवलको स्वणमहोत्सव शुरु

बुटवल,  मंसिर २१ -  ज्ञानोदय माध्यमिक बिद्यालय बुटवलको स्वर्ण महोत्सव सुरु भएको छ ।  २०२० सालमा स्थापना भएको सो बिद्यालयले आफ्नो ५० औं वर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न कार्यक्रम सहित बिहिबारदेखि शुभारम्भ भएको हो ।

बिद्यालयको स्वर्ण महोत्सवको एक कार्यक्रमकाबीच पूर्व सांसद सुर्यप्रसाद प्रधानले गर्नुभएको हो । महोत्सवको शुभारम्भ अघि बिद्यालय पहिसरबाट पञ्चकन्या सहित प्रभातफेरी र्‍याली निकालीएको थियो । बिद्यार्थी, शिक्षक, अभिभावक, स्थानीबासी, सिद्धबाबा भजन मण्डली, क्षेत्री समाज, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलको बेण्ड बाजा सहित निकालिएको प्रभातफेरी बुटवलको गोलपार्क, मिडीयाचोक, महेन्द्रपार्क हुादै अमरपथ, हाटबजार हुादै पुन: बिद्यालयमा पुगेर सकिएको थियो ।

बिद्यालयमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा पुर्वसांसद प्रधान, शिक्षा कार्यालय रुपन्देहीका उपसचिव उत्तरकुमार पराजुली, नेपाली कांग्रेसका खेलराज पाण्डे, नेकपा–माओवादीका शरद ओली, एमालेका घनश्याम चापागाई, बिद्यालयका पूर्व अध्यक्ष समाजसेवी गणेशमान सैजु, पूर्व बिद्यार्थी शिव ज्ञवाली, पवित्रा श्रेष्ठ, सरस्वती कुवार, ढुण्डीराज पौडेल, रामचन्द्र भुसाल, रामकृष्ण पछाई, बुटवल नगरपालिकाका पूर्व मेहर पुनाराम पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष तथा स्वर्ण महोत्सव आयोजक समितीका संयोजक रामबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक अभिभावक संघका अध्यक्ष नुरजंग केसी तथा धन्यवाद व्यबस्थापन समितीका सदस्य दिलबहादुर खाम्चाले गर्नुभएको थियो ।

सोही अवसरमा बिद्यालयले सञ्चालन गरेका अतिरिक्त कृयाकपाल तथा वार्षिक शैक्षिक कार्यक्रमका उत्कृष्ट बिद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

बिद्यालयले स्वर्ण महोत्सवको अवसरमा बिहिबारदेखि मंसिरको ३० गते सम्म बिबिध कार्यक्रम गर्दैछ ।

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ज्ञानोदय माध्यमिक बिद्यालय बुटवलको स्वणमहोत्सव शुरु"

Leave a reply