वाईसिएलका नाममा गुल्मीमा तालिमप्राप्त जनमुक्तिसेना
थप ३ सय पुर्व लडाकु पनि संगठित गर्दै
सीता भण्डारी,गुल्मी, २१ मंसिर । पााच हजार जना तालिमप्राप्त यूवा सामुहिक रुपमा परीचालन गर्ने भन्दै माओवादी गुल्मीले जनमुक्तिसेनाबाट अवकाशमा निश्केका कमाण्डरहरुलाई वाईसिएलमा संगठित गरेको छ । पार्टिको लडाकुदस्ता जतिखेर पनि आबस्यक पर्ने भन्दै माओवादीले वाईसिएलको दोश्रो जिल्ला सम्मेलन गरी नेतृत्वदेखि जिल्लाकमिटीको अधिकााश पदमा पूर्व लडाकुलाई संगठित गरेको हो । पूर्व समितीका अधिकााश कार्यकर्तालाई पार्टिको विभीन्न तहमा राख्दै जनमुक्ति सेनाको लडाकुको तालिम लिएकाहरुलाई वाईसिएलमा संगठित गर्नुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
गुल्मीमा जनमुक्ति सेनाबाट ३ सय जना लडाकु अवकासमा आएका छन् उनिहरुलाई पनि वाईसिएल र पुर्व जनमुक्ति सेना संगठनमा संगठित गर्ने तयारी भएको एकिकृत नेकपा माओबादी जिल्ला संयोजक सुदर्शन वलालले बताउनु भयो । वाईसिएल दोश्रो जिल्ला सम्मेलनले जनमुक्ति सेना चौाथो डिभीजनका पुर्व बटालियन सह कमाण्डर नोखबहादुर पौडेलको अध्यक्षतामा ३५ सदस्यीय नयाा कार्यसमिती गठन गरीएको हो
उद्घाटन सत्रमा वाईसिएलका केन्द्रिय अध्यक्ष गणेशमान पुनले अव वाईसिएल नयाा ढंगबाट जाली फटाहा र गुण्डालाई तल लगाउाछ भन्नु र लडाकुहरुलाई एकाएक वाईसिएलको दस्तामा राख्नुलाई माओवादीको नयाा रणनितीका रुपमा विपक्षीहरुले तर्क गर्न थालेका छन् । केन्द्रमा वाईसिएलको सामुहिक बसाई विगठन गर्ने भनिएपनि गुल्मीमा भने सामुहिक उत्पादनको नाममा ५ हजारलाई सामुहिक रुपमै परीचालन गर्ने भनिएको छ
३ सय जना पुर्व लडाकुका अलवा गुल्मीमा थप ५ हजार जना यूवाहरुलाई वाईसिएलमा तालिम सहित संगठित गर्ने योजनाका साथ नयाा कार्यसमिती गठन गरीएको पौडेलले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहााले अन्य दल विचारका यूवाहरुलाई समेत संगठित गरी सबै यूवालाई उत्पादनका काममा लगाईने समेत बताउनुभयो । सरकारी तथा गैर सरकारी निकायहरुमा हुने गरेको ढिलासुस्ती, अनियमितताको भण्डाफोर र नियन्त्रण गर्नुका साथै सांस्कृतिक आन्दोलन समेत छेड्ने वाईसिएलको कार्यक्रम रहेको उहााको भनाई छ ।
सरकार, गैर सरकारी निकायको निगरानी राख्न पुर्व लडाकुलाई बढि मात्रमा परिचान गर्ने बुझिएको छ । शान्ति संबिधान र पहिचान सहितको संघिय राज्य निर्माणलाई मुख्य एजेण्डा बनाएको वाईसिएलले त्यसका लागि ब्यापक जन परिचालन गर्ने बताएको छ । वाईसिएलाई टोल टोलसम्म संगठित गर्ने र लडाकुको छविलाई जन संयम सेवकमा ढाल्ने जानकारी पार्टीले दिएको छ ।