वन कुखुराको शिकार गर्नजांदा ज्यान गयो
स्याङजा, २८ मंसिर । स्याङजा जिल्लामा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा मीनबहादुर सुनारको मृत्यु भएको छ ।वन कुखुराको शिकार गर्न गएका बेला बुधबार बेलुका टक्सार–८ बस्ने ५० बर्षीय सुनारको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।गोली लागे पछि गम्भीर घाईत सुनारको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।
स्रोत:सौर्य दैनिक