|

२३ बर्षीय युवतीलाई बसभित्रै सामूहिक बलात्कार

दिल्ली, पुस २ - भारतको दिल्लीमा २३ बर्षीय युवतीलाई सामूहिक बलात्कार गरी मरणासन्न हुने गरी कुटपिट गरिएको छ । अस्पताल भर्ना गरिएकी ती युवतीको अवस्था गम्भीर छ । आइतबार साँझ पुरुष साथीसँग बस चढेकी युवतीलाई चालक र सहचालककै सहयोगमा सामूहिक बलात्कार गरिएको हुनसक्ने दिल्ली प्रहरीले जनाएको छ । पुरुष साथीलाई कुटपिट गरी अचेत बनाको र युवतीमाथि बलात्कार गरेर दुवैलाई बसबाट खसालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

६-७ जनाको पुरुष समूहले बलात्कार गरेको हुनसक्ने प्रहरी अनुमान छ । कुटपिट गरिएका पुरुष सामान्य बोल्नसक्ने अवस्थामा छन् भने बलात्कृत युवतीको अवस्था गम्भीर रहेको बुझिएको छ ।

एक मलबाट चलचित्र हेरेर साँझ साथीसँग घर फर्किदै गरेकी उनलाई बलात्कार गर्नेहरु पक्राउ परेका छैनन् । उनको साथीको बयानको आधारमा प्रहरीले केही बस र चालक, सहचालकलाई नियन्त्रण लिएको छ । दिल्लीका मुख्यमन्त्री शेइला दिक्षितले दोषीलाई कडा कारवाही गर्ने टिप्पणी गरेका छन् ।

बलात्कार र महिला हिंसाको घटनाका कारण दिल्ली महिलाको लागि असुरक्षित शहरको रुपमा चिनिदै आएको छ । यहाँ बर्षेनी बलात्कारका सयौं घटना हुने गरेका छन् ।
स्रोत : कान्तिपुर

Posted by Butwalonline on 7:39 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२३ बर्षीय युवतीलाई बसभित्रै सामूहिक बलात्कार"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु