|

गोली लागेको ध्रुवे फरार, विहानैदेखि खोजी टोली परिचालित

चितवन,पौष ५ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दर्जनौं व्यक्तिको ज्यान लिने ध्रुबे नामक हात्तीलाई गएराती गोली हानेर घाइते बनाइएको छ । पछिल्लो पटक मात्र ध्रुबेले माडीमा एक दम्पतीलाई मारेको थियो । चितवन राष्ट्रिय निकुञ्जको टाइगर टप्स क्षेत्रमा हात्तीलाई गोली प्रहार गरिएपनि ध्रुवे त्यहाँबाट भागेको छ । हात्तीमाथि १० राउण्ड गोली हानेको नेपाली सेनाले जनाएको छ । घाइते हात्ती खोज्न अहिले बिहानैदेखि टोली खटिएको छ । गएराति निकुञ्जको पश्चिम क्षेत्र टाइगर टप्स नजिकै ध्रुबेमा जोडिएको रेडियो कलरको संकेत आएपछि सो क्षेत्रमा पालुवा पोथी हात्ती आकर्षणका लागि छाडिएको थियो ।

ध्रुबे हात्ती मार्न माग गर्दै आएका माडीवासीको मागमा समर्थन जनाउँदै हिजो स्थानीय राजनीतिक दलहरुले चितवन बन्दसमेत गराए । चितवन, नवलपरासी, बारा, पर्सा, रौतहट र भारतीय सीमा क्षेत्र गरी डेढ सय किलोमिटर भन्दा बढी क्षेत्रमा ध्रुबेले आतंक मच्चाएको थियो । यसैबीच, ध्रूबे हात्तीको आक्रमणबाट ज्यान गुमाएका माडी गर्दी–९ द्रौपतीनगरका बोटे परिवारलाई तत्काल जनही तीन लाख रुपैयां दिने सहमति भएको छ । थप ७ लाख क्षतिपूर्तिका लागि भने सरकारसंग माग राख्ने, मृतक परिवारका एक जनालाई तत्काल रोजगारीको व्यवस्था गर्ने, निकुञ्जभित्र रहेको माडी ठोरी सडक खण्डको चौडाई बढाउनका लागि सरकारलाई अनुरोध गर्ने विषयमा पनि सहमति भएको निकुञ्जका प्रमुख संरक्षण अधिृकत झमकबहादुर कार्कीले जानकारी दिनुभयो । धु्रवेले चितवन राष्ट्रिय निकुन्जसँग जोडिएका चितवन, बारा, पर्सालगायतका जिल्लामा अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको छ|
स्रोत :ईमेज  च्यानल

Posted by Butwalonline on 6:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " गोली लागेको ध्रुवे फरार, विहानैदेखि खोजी टोली परिचालित"

Leave a reply