विद्युत प्राधिकरणद्धारा फेरी लोडसेडिङ बढायो,भोलीदेखि दैनिक १० घन्टा बत्ती नआउने
बिनोद परियार,बुटवल ,मंसिर २२- प्रधानमन्त्रीले यस पटकको हिउँदमा १२ घण्टाभन्दा बढी लोडसेडिङ हुँदैन भनिरहेपनि अहिले नै १० घण्टा पुगिसकेको छ । विधुत प्राधिकरणाले भोलीदेखि औपचारिक रुपमै दैनिक १० घण्टा लोडसेडिङ हुने बताएको छ । औपचारिक सूचना निकाल्नुअघि केही दिनदेखि नै लोडसेडिङको अवधि बढ्न थालेको छ ।
‘जलाशयमा पानीको सतह घट्न थालेकोले लोडसेडिङ बढाउनुपर्ने बाध्यता आएको हो’ प्राधिकरणका प्रणाली संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भन्नुभयो । पुस नलाग्दै दैनिक १० घण्टा लोडसेडिङ हुन थालेपछि आउँदा तिनमा स्थिति झनै भयावह हुने संकेत देखिसकेको छ । प्राधिकरणाले यसवर्ष १९ घण्टा लोडसेडिङ हुने प्रक्षेपणा यसअघि नै गरिसकेको छ ।तर प्रधानमन्त्रीले लोडसेडिङ बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।