९ नौ बर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ
नवलपरासी, पुस ९ नौ बर्षिया बालिकालाई बलात्कार गरी फरार भएको भन्दै एक जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको छ ।
स्थानीय बालिकालाई गत मंसिर १९ बलात्कार गरेको आरोपमा प्रहरीले दाउन्नेदेवी–७ का ६० बर्षीय धनबहादुर सार्कीलई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी गोबिन्दप्रसाद साहका अनुसार रुपौलियामा लुकीछिपी बसेको अबस्थामा सार्कीलाई प्रहरीले पक्राउ गरी सोमवार जिल्ला अदालत समक्ष पेस गरेको छ ।
बालिकालाई जवरजस्ती गरेको आरोपमा सार्कीको बिरुद्ध प्रहरीले मंसिर २० गते अदालतमा मुद्दा दायर गरेको थियो । बालिकाको अस्पतालमा उपचार पछि स्वास्थ्य अवस्था ठीक हुदै गएको उहाँले जानकारी दिनु थियो ।
स्रोत : उज्यालो नेटवर्क