|

वृद्धले छोरालाई घाइते बनाएर आफूले पनि आत्महत्या गरे

बेलौरी ,कञ्चनपुर, पुस ९ - कञ्चनपुरको भीमदत्त नगरपलिकाका एक वृद्धले धारिलो हतियारले हानेर आफ्नै छोरालाई घाइते बनाएर आफूले पनि आत्महत्या गरेका छन्। भीमदत्त नगरपालिका-११ भुजेलाका ५८ वर्षीय रतन ओडले आइतबार राति २४ वर्षीय छोरा पदम ओडलाई धारलो हतियारले हानेर आफूले पनि घरभन्दा केही टाढा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

बाबु छोराबीच रक्सीसेवन गरेर भएको सामान्य विवादले ठूलो रुप लिँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवादपछि मृतकले काठको सामग्री निर्माण गर्दा प्रयोग हुने रुखानीले हानेर छोरालाई घाइते बनाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक अमिरकन चन्दले बताए ।घाइते पदमको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस(स्रोत :नागरिक न्यूज)

Posted by Butwalonline on 5:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " वृद्धले छोरालाई घाइते बनाएर आफूले पनि आत्महत्या गरे"

Leave a reply