गज़ल
डुङ्गै भुल्यौ कस्तो माझी? पुल भेटेपछिमाली भुल्यौ कस्तो डाली? फुल भेटेपछि
झरी पर्दा ओत दिन्छु संगै जिउने बाचा गरि
प्यास भुल्यौ कस्तो प्यासी?मुल भेटेपछि
रगतको पोखरीमा आहाल बस्ने मान्छे पनि
दोष भुल्यौ कस्तो दोषी ? शुल भेटेपछि
नदि तर्न लौरो टेकी तिरमा फाली गएपछि
साथ भुल्यौ कस्तो साथी? हुल भेटेपछि
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:क्षितिज पारीबाट }