|

साउदीमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुंदा २२ को मृत्यु

साउदी,कार्तिक १७ - साउदी अरेवियाको राजधानी रियादमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुंदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनापछि ट्यांकर विष्फोट भएको थियो । सरकारी टेलिभिजनले घटनामा १ सय ११ जना घाईते भएका जनाएको छ । विष्फोटका कारण सडकमा रहेका कारहरु जलेका थिए भने नजिकैका भवनहरुमा पजि व्यापक क्षति पुगेको बताइएको छ । सडकको आकाशे पुलमा ट्यांकर ठोक्किएपछि यो विष्फोट भएको बीबीसीले जनाएको छ ।स्रोत :इमेज च्यानल

Posted by Butwalonline on 10:18 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदीमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुंदा २२ को मृत्यु"

Leave a reply