|

प्रधानमन्त्रि र राष्ट्रपति सहमतिका लागि उद्यत : महरा


बिनोद परियार,रुपन्देही,९ मंसिर । एकिकृत नेकपा माओबादीका नेता कृष्ण बहादुर महराले प्रधानमन्त्रिको सम्बोधन र राष्ट्रपतिको वक्तब्य राष्ट्रिय सहमतिका लागि भएको बताएका छन् ।  क्रान्तिकारी पत्रकार संघ नेपाल अवद्य मधेश राज्य समितिको तेस्रो सम्मेलनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता महराले यस्तो बताएका हुन । “राष्ट्रपति र प्रधानमन्त्री दुवै सहमतिका लागि उद्यत छन्,  महाराले भने –‘एमाओवादी पनि त्यसका निम्ति प्रतिवद्ध छ” ।उनले राष्ट्रपतिले आफ्नो हातमा शक्ति केन्द्रित गर्ने उद्देश्यले कदम चालेको भए त्यो गलत भएको बताए ।  उनले सरकार राष्ट्रिय सहमतिको बाधक नभएको भन्दै राष्ट्रपतिले दिएको समयसिमाभित्रै सहमतिमा पुगिने विश्वास ब्यक्त गरे ।

राष्ट्रपतिले दिएको एकहप्ते समयसीमाभित्रै सहमतिको सरकार बन्ने उनको दावी छ । मुलुक निकै खतनाक स्थितीमा रहेको बताउदै यदि दलहरुविच सहमति नभए अति दक्षिणपन्थीले चलखेल गर्ने बताए । महराले  सहमतिको सरकारका निम्ति तीनवटा विकल्प समेत प्रस्तुत गरेका छन् । राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै महराले त्यसो नभए आफ्नो पार्टीको नेतृत्व र त्यो पनि नभए दलहरुकै सहमतिमा नेतृत्व तय गर्न सकिने विकल्प प्रस्तुत गरे ।

 सरकारको नेतृत्व राजनीतिक दल बाहेक अन्य क्षेत्रबाट हुन नसक्ने दावी गर्दै त्यसो हुन नदिन स्वयम दलहरु सचेत हुनुपर्ने बताए ।  पुर्व सञ्चारमन्त्री समेत रहनुभएका महराले राजनीतिक परिवर्तनका लागि मिडियाले ठूलो भूमिका खेले पनि राज्यबाट संरक्षण पाउन नसकेको स्वीकार गरे । उनले साना–साना मिसनमा विभाजित हुादा पत्रकारिताको स्तर पनि घटेको र निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेको भन्दै देशको मिसन समातेर अघि बढ्न पत्रकारहरुलाई आग्रह गरे  । कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले हालसम्मका उपलब्धि रक्षा गर्दै पेशागत र भौतिक सुरक्षाका लागि पत्रकारहरु एकतावद्ध हुनुपर्ने खााचो औंल्याए । प्रेस काउन्सीलका सदस्य किशोर श्रेष्ठले गुणस्तरीय पत्रकारिता कमजोर बन्दै गएको उल्लेख गर्दै संघ–संगठनतिर नलागी गुणस्तरीय पत्रकारिता गर्न आग्रह गरे । संघका अवध–मधेश राज्य समितिका संयोजक यानेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष कर्णबहादुर कार्की, महासंघका रुपन्देही अध्यक्ष दिपत्र ज्ञवाली, प्रेस चौतारीका केन्द्रीय सदस्य दिनेश पाण्डे, प्रेस युनियनका भवानी पाण्डेलगायतले बोलेका थिए ।


Posted by Butwalonline on 2:50 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्रि र राष्ट्रपति सहमतिका लागि उद्यत : महरा "

Leave a reply