|

राष्ट्रपति बढि सक्रिय हुनुहुन्न : खाँण

बिनोद परियार,रुपन्देही,९ मंसिर । पूर्वमन्त्री एंव नेपाली काग्रेसका केन्द्रिय सदस्य नेता बालकृष्ण खाणले राष्ट्रपति बढि सक्रिय भए आफ्नै लागि घातक हुने टिप्पणी गरेका छन् ।  राष्ट्रपतिले एक हप्ताभित्र राष्ट्रिय सहमतिको सरकार गठनका लागि गरेको आहवान सकरात्मक रहेको भन्दै यो भन्दा अगाडी राष्ट्रपति अगाडी बढ्न नहुने बताए । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको १३ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता खााणले राष्ट्रपतिले असफल हुनेगरि कदम चाल्न नहुने बताएका हुन ।

उनले राष्ट्रपतिले दिएको समयसिमा भित्र सहमतिय सरकार गठनका लागि अवसर आएको भन्दै यसलाई एमाओबादीले पनि विश्वासको वातावरणका लागि उपयोग गर्नुपर्ने बताए ।  एकसाताभित्र दलहरुले न्यूनतम बिषयमा सहमति खोज्नुपर्ने अन्यथा फेरी सहमति भााडीने उनको भनाई छ । पूर्वसभाषद समेत रहेका नेता खााणले  विघटित संविधानसभाबाट पनि उपलब्धि भएको बताए । राजतन्त्रको अन्त्य र माओबादीको दिशान्तर महत्वपूर्ण उपलब्धि भएको नेता खाणको दावी थियो । उनले मानवअधिकारका पक्षमा काग्रेस प्रतिबद्ध रहेको बताउदै हिंसाहित समाज निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिए ।  नेकपा एमालेका लुम्बिनी अंचल खिमलाल भट्टराईले राष्ट्रपतिको कदम सन्ुतलीत भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय बुटवलका प्रमुख दीपक जंगध्वज कार्की,शान्ति समाजका सुचना प्रविधि विभागका संयोजक हरिष ढकालले प्रहरीमा छुट्टै मानवअधिकार सेल गठन गर्न माग गरे । समाजका अध्यक्ष गोबिन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादीका शरद ओली,अधिवक्ता महेन्द्र पाण्डे,नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष रामराज पोखरेल,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ,रिमा विसि लगायतले बोलेका थिए ।



Posted by Butwalonline on 2:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " राष्ट्रपति बढि सक्रिय हुनुहुन्न : खाँण "

Leave a reply