ब्यक्तिगत खर्चमा दलित समुदायलाई भ्रमण
बिनोद परियार,रुपन्देही, २६ कार्तिक । गुल्मी दिगामका टिकाराम न्यौपानेले ब्यक्तिगत खर्चमा दलित समुदायका ५३ जनालाई भ्रमण गराएका छन् ।बुटवल,भैरहवा र बुद्धजन्स्थल लुम्बिनीको बारेमा जानकारी गराउने उदेश्यले न्यौपानेले गाउका उत्पीडित समुदायलाई भ्रमण गराएका हुन । उमेरले पाका र शारीरीक रुपमा समेत असक्तहरुको भ्रमणमा सहभागिता छ । आर्थिक रुपमा कमजोर र अवसरबाट बञ्चित समुदायलाई राज्यले पर्यकटीय स्थलमा अवलोकन भ्रमण नगराएको अवस्थामा दीप बोर्डिङ स्कुल बुटवलका प्राचार्य समेत रहेका न्यौपानेले खर्चमा भ्रमण गराएका हुन । गुल्मी दिगाम लुम्बिनी भ्रमणका नाममा आएको उक्त टोलीलाई आईतबार दीप बोर्डिङ ईन्ट्रायक क्लबले एक कार्यक्रम गरि स्वागत गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,दीप बोर्डिङ स्कुलका सहप्रार्चाय कलाधर अर्याल र ईन्ट््रयाक क्लवका विद्यार्थीहरुले अविर र खादा ओढाएर भ्रमण टोलीमा सहभागिलाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै न्यौपानेले आर्थिकरुपमा खर्च गर्न नसक्ने गाउका दलित समुदायलाई लुम्बिनी सहित पर्यटकीय स्थल घुमाएर सामाजिक सेवा गरेको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ज्ञवालीले आर्थिक रुपमा विपन्न र अधिकारबाट बञ्चित दलित समुदायलाई बुद्धजन्मस्थल लुम्बिनीमा ब्यक्तिगत खर्चमा घुमाउनु सामाजिक मेलमिलापको सकरात्मक पहल भएको बताउनुभयो । टोली संयोजक याम बहादुर नेपालीले गाउमै मात्र सिमित भएकाहरुलाई भ्रमण गराउदा धेरै ज्ञान हुने प्रतिक्रिया दिए । सोमबारसम्म हुने भ्रमणमा मंगलापुरमा रहेको माहाकाली सोप ईष्डस्ट्रीचको फ्याक्ट्री,बुद्धजन्मस्थल लुम्बिनी र बुटवलको फूलबारी हिलपार्क घुमाईने छ । भ्रमणमा करिब ४० हजार खर्च हुने अनुमान गरिएको छ ।
तस्विर : गुल्मी दिगामबाट भ्रमण आएका दलित समुदायका ब्यक्तिलाई खादा ओढाएर स्वागत गर्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली । तस्विर विनोद परियार
Posted by Butwalonline
on 5:37 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response