|

घरको माथिल्लो तलाबाट फालेर बाबुद्धारा छोरीको हत्या

नुवाकोट, मङ्सिर ८- नुवाकोट जिल्लाको कुमरी गाउँ विकास समिति वडा नं ६ काफलचौरमा गएराति बाबुले छोरीको हत्या गरेका छन्।अट्ठाइस महिनाकी छोरी अस्मिता तामाङलाई कुटपिट गरी बाबु पूर्णबहादुर तामाङले घरको माथिल्लो तलाबाट आँगनमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मादकपदार्थ सेवन गरी घर गएका पूर्णबहादुरले छोरी र श्रीमतीलाई कुटपिट गर्न थालेपछि श्रीमती ठूलीकान्छी तामाङ हारगुहार माग्न बाहिर निस्किएको समयमा छोरीलाई घरको माथिल्लो तलाबाट फालेको प्रहरीले जनाएको छ।अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो। अभियुक्त पूर्णबहादुर फरार रहेको बताइएको छ। रासस(स्रोत :नागरिक )

Posted by Butwalonline on 1:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घरको माथिल्लो तलाबाट फालेर बाबुद्धारा छोरीको हत्या"

Leave a reply