|

सहमति बिनानै ल्याएको बजेटले अर्थतन्त्रलाई अगाडी बढाउन सक्र्दैन

बिनोद परियार ,बुटवल,६ मंसिर । नेपालि काग्रेसका केन्द्रिय सदस्य एवम पुर्वमन्त्रि वालकृष्ण खाणले सहमति बिना नै ल्याएको बजेटले नेपालको अर्थतन्त्रलाई अगाडी बढाउने र विकास प्रक्रियालाई सकारात्मक रुपमा मद्दत पुर्‍याउन कुनै भूमिका निर्वाह गर्न नसक्ने वताउनुभएको छ । अहिलेको सरकार वाधक को रुपमा समेत रहेको र  वैशाखमा घोषित चुनाव पनि एनेकपा माओवादी मधेश केन्द्रित दल गठबन्धन सरकारको आयू लम्ब्याउने चाल मात्र भएको दावि गर्नुभएको छ ।

रुपन्देहि क्षेत्र नं ३ का पुर्व सभाषद समेत रहनुभएका खाणले आज एक प्रेस विज्ञप्ति जारि गर्दै राष्टिय सहमतिको आवश्यकता औल्याउनुभयो ।

राष्ट्रिय सहमति नगरीकन एकलौटी चुनावको घोषणाले मंसीर ७ को घोषणा जस्तै बैशाख ७ पनि सफल हुन नसक्ने दावि उहाको थियो ।  लोकतन्त्रको रक्षा र निर्वाचन गराउनका लागि पनि आन्दोलन मै जानु पर्ने अपरिहार्यता रहेकाले आन्दोलनका लागि तयार रहन  कार्यकर्तालाइ अपिल गर्नुभएको छ ।

Posted by Butwalonline on 5:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सहमति बिनानै ल्याएको बजेटले अर्थतन्त्रलाई अगाडी बढाउन सक्र्दैन "

Leave a reply