|

कम्युनिष्ट नेता कुमालको निधनको ७ औं दिन शोकसभा सम्पन्न

बिनोद परियार ,देवदह मंसीर ६ । रुपन्देहीका पुराना कम्युनिष्ट नेता नाथु कुमालको निधन भएको ७ औं दिनको पुण्य तिथिको अवसरमा शोकसभा सम्पन्न भएको छ । रुपन्देहीको केरवानी –६ ,टटेरामा भएको शोकसभामा वोल्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार देवेन्द्र घिमिरेले स्वर्गिय कुमालको राजनैतिक ईतिहास प्रशंसनिय रहेको बताउनु भयो । रुपन्देहीको किसान आन्दोलन तथा जमिन्दार विरुद्धको आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कुमाल सधैभरी जनताको पक्षमा प्रतिवद्ध रहनु भएको उहााले बताउनु भयो । जमिन्दार विरुद्धको आन्दोलनमा २ वर्ष जेल जीवन समेत विताउनु भएका कुमालको निधनले कम्युनिष्ट आन्दोलनलाई ठुलो क्षति पुगेको बताउदै घिमिरेले  स्वर्गीय कुमालले समाजका निम्ती दिनु भएको योगदानलाई सधै सम्झीरहन पर्नेमा जोड दिनु भयो ।

नेकपा एमाले केरवानी गाउा कमिटीको आयोजनामा भएको शोक सभामा एमाले लुम्विनी अञ्चल सचिव खिमलाल भट्टराई, अञ्चल सदस्य मनोज भट्टराई, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य डा. कृष्ण न्यौपाने,जिल्ला सदस्य सिद्धीचरण भट्टराई, केरवानी गाविसका भुतपुर्व अध्यक्ष निलकण्ठ पौडेल लगायतले बोल्दै कुमालले समाज र पार्टीका निम्ती पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । गाउा कमिटका अध्यक्ष पुर्णबहादुर कुावरको अध्यक्षता र सचिव चुडामणी शर्माको सञ्चालनमा भएको शोकसभामा स्वर्गीय कुमालका छोरा सुरेन्द्र कुमालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Posted by Butwalonline on 5:28 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कम्युनिष्ट नेता कुमालको निधनको ७ औं दिन शोकसभा सम्पन्न"

Leave a reply