रञ्जन सागर स्मृति कपको उपाधि गोर्खा ब्वाइज बुटवल लाई
लक्ष्मण पोखरेल,बुटवल कार्तिक २७ । टाइबेकरमा न्युसिर्जनालाई ४-१ले हराउदै रञ्जन सागर स्मृति कपको उपाधि गोर्खा ब्वाइज बुटवलले हात पारेको छ । आज भएको निकै प्रतिष्पर्धात्मक फाइनल खेलमा निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा गोरखाका ज्ञानबहादुर थापा, सन्तोष घले, प्रबिन थापा र कुमार थापाले गोल गरे भने न्यू सिर्जनाका लागि दिपेश पन्तले मात्र गोल गरेका थिए । न्यू सिर्जनाका कमल गुरुङ र भिम दर्लामिको प्रहार बाहिरिएको थियो ।
निर्धारित समयमा खेलको पहिलो मिनेटमै मनोज घिसिङको अग्रता लिएको गोर्खा ब्वाइजका लागि दोस्रो गोल कृष्ण गुरुङले खेलको छैठौ मिनेटमा गरेका थिए । पहिलो हाममा २-० गोल अन्तरले पछि परेको सिर्जनाले सुधारिएको प्रर्दशन गर्दै खेलको ४८ औ मिनेटमा गोल गर्न पुगेको थियो । भिम दर्लामिले टिमका लागि पहिलो गोल गरेका हुन । त्यस्ते कमल गुरुङले ५७ मिनेटमा बराबर् गोल गरे ।
उपाधि संगै बिजेता गोर्खाले २० हजार नगद र कपप्राप्त गरेको छ । त्यस्तै उपबिजेता न्यू सिर्जनाले १० हजा् नगद प्राप्त ग¥यो ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडी न्यू सिर्जनाका शेरबहादुर गुरुङ, उत्कृष्ट गोल किपर गार्खाका किशोर थापा घोषित भ एभने सर्वाधिक गोलकर्ताको उपाधि ६ गोल गरेका एन्फा एकेडेमीका बिमल घर्ति मगरले आफ्नो पोल्टामा पारे ।बिजयी खेलाडीहरुलाई एक कार्यक्रमका ब्रीच बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्रदान गरे । समापन कार्यक्रम जिल्ला फुटवल संघका अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । एन्फा एकेडेमी बुटवल र सुनौलो संगम युवा क्लवको आयोजनामा सम्पन्न प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।