गांउमा देउसी भैलो, बजारमा किनमेल गर्नेको भिड
कृष्ण आचार्य,सुर्खेत कार्तीक २७-नेपालीहरुको महानचाड दिपावली नजिकिंदै गर्दा सुर्खेतका गाउाघरमा देउसी भैलोको रमझम छ भने शहरी क्षेत्रमा तिहारको सामान कीन्ने सर्वसाधारणको चहलपहल निकै बढेको छ । त्यस्तै सुर्खेत जिल्लाको दोस्रो व्यापारिक केन्द्र छीञ्चुमा पनि तिहारको चहलपहल र बजारमा किनमेलको लागि उपभोत्ताको भिड बढेको छ । दाजुभाई दिदीबहिनीको सुमधुर सम्बन्धसाग गाासिएको यो पर्वमा दिदीबाहिनी दाजुभाईको टिका र उपहारसाग जोडिएको भएका कारण बजारमा किनमेलका लागी भिड बढेको हो । सुर्खेत मध्यपश्चीमको क्षेत्रीय सदरमुकाम भएकोले पनि छीमेकी जील्लाहरु बाट समेत देउसी खेल्न र किनमेल गर्न आउने गरेका छन् ।