|

अपाङ्ग अधिकारको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई

हेमराज भट्ट/नेपालगन्ज-जिल्ला स्थित सरकारी निकाएले दिने सेवा र सुबिधाबाट असन्तुष्ट बााकेका अपाागता भएका व्यक्तिहरुले सरोकारवालाहरुलाई आज दर्जनौं प्रश्न तेस्र्याएका छन् ।

बास र डेक नेपालले आज नेपालगञ्जमा आयोजना गरेको अपाागता अधिकारको प्रभाबकारी कार्यन्वयन बिषयक सार्बजनिक सुनुवाईमा सहभागि अपाागता भएका व्यक्तिहरुले दर्जनौं प्रश्न गरेका हुन् ।

बााकेका फत्तेपुर, बैजापुर, बिनौना, कालाफााटा, नरैनापुर, सीतापुर, बागेश्वरी लगाएत ३० गाबिसका अपाागता भएका व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रमका सहभागिहरुले नि:शुल्क शिक्षा कार्यन्वयन नभएको, यातायातका साधनहरुमा अपाागता भएकाहरुलाई आरक्षित सिट प्रदान नगरेको, स्थानीय निकाएलाई आबश्यक बजेट बिनियोजन नगरिएको लगाएतका गुनासा गरेका थिए ।

बिभिन्न प्रश्नहरुको उत्तर बााकेका सहाएक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला ट्राफिक कार्यालयका प्रमुख पोषण ढकाल, जिल्ला बिकास समिति, बााकेका कार्यक्रम अधिकृत रमेश शाह, महिला तथा बालबालिका कार्यालय, बााकेका मूख्य महिला कार्यकर्ता बिन्दु कुवार, जिल्ला पशु सेवा कार्यालय, बााकेका पशु चिकित्सक जनकराम भण्डारी, जिल्ला कृषि बिकास कार्यालय, बााकेका प्रमुख युगल किशोर तिवारी, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मन प्रसाद रेग्मी, गाबिस हकहित संरक्षण केन्द्र, बााकेका अध्यक्ष उत्तम सिंह सोंढी, जिल्ला जनस्वास्थ्य कार्यालय, बााके प्रमुख जीवन कुमार मल्ल, भेरी आचल अस्पताल का प्रमुख डाक्टर बिनोद खेतान लगाएतले दिएका थिए ।

सुनुवाईको अन्तमा साझा सार्बजनिक प्रतिबद्धता घोषणा गरिएको थियो । जसमा अपाागता भएका व्यक्तिहरुको अधिकार कार्यन्वयन गर्ने, सेवा, सुबिधा प्रदान गर्दा अपाागता भएकाहरुलाई प्राथमिकता दिने, भेरी आचल अस्पतालबाट नि:शुल्क चिकित्सा सेवा प्रदान गर्ने, सामाजिक सेवा युनिट स्थापना गर्ने, सार्बजनिक यातायातका साधनहरुमा अपाागता भएका व्यक्तिहरुको आरक्षित सिट सुनिश्चित गर्ने, सरकारी कार्यालयहरुलाई अपाागता मैत्री बनाउने लगाएतका रहेका छन् । बास निर्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्य माथि प्रकाश डेकका निर्देशक देबिदक्त आचार्यले पारेका थिए । कार्यक्रममा २०० बढि पाागता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

अपांग व्यक्तिलाई ह्वेल चेयर प्रदान गर्दै बााकेका प्रहरी प्रमुख बिक्रम सिंह थापा|तस्विर:हेमराज भट्ट





सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरु|तस्विर:हेमराज भट्ट

Posted by Butwalonline on 5:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपाङ्ग अधिकारको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई"

Leave a reply