|

एनआरटी सफल पोखरा कप फुटबलको सेमिफाइनलमा

पोखरा, कात्तिक १९ – न्यूरोड टीम (एनआरटी) सफल पोखरा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भूटानको ड्रुकपोल फूटबल क्लबलाई एकका विरुद्ध दुइ गोलले हराउँदै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटमा एक शून्यले पछि परेको स्थिति उल्टाउँदै एनआरटीले दोस्रो हाफको इञ्जुरी समयको पहिलो र दोस्रो मिनेटमा गोल गर्दै खेल जित्यो । उसका लागि दुवै गोल अजय विकले  गरे । ३७ औं मिनेटमा पेनाल्टी पाए पनि एनआरटी सदूपयोग गर्न सकेको थिएन ।

यसअघि भूटानका लागि जिग्मे ड्राक्पाले २२ मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । तर भूटानले त्यसलाइ जोगाउन सकेन् ।

Posted by Butwalonline on 10:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरटी सफल पोखरा कप फुटबलको सेमिफाइनलमा"

Leave a reply