|

नेपाली कुट्ने ३ सयभन्दा बढी पाकिस्तानी घर ,सबै नेपाली काममा

काठमाडौं, कार्तिक २५ - खाना खाने बेला मेसमा पालो मिचेको विषयलाई लिएर संयुक्त अरब इमिरेट्सको एक कम्पनीमा भएको झगडापछि क्याम्पबाहिर बसेका नेपाली काममा फर्केका छन् । नेपालीसँग झगडा गर्ने तीन सयभन्दा बढी पाकिस्तानीलाई भने कम्पनीले घर पठाइदिएको छ । राजधानी अवुधाबीको हमिमस्थित ग्यास उद्योगका लागि काम गर्ने डोड्सल इन्जिनियरिङ कम्पनीमा नेपाली र पाकिस्तानीबीच झगडाले हिंसात्मक रूपमा लिन थालेपछि कम्पनीले २ सय ३० भन्दा बढी नेपालीलाई सुरक्षाका लागि टाढाका चारवटा क्याम्पमा राखेको थियो ।

राजधानीबाट २ सय किमिभन्दा टाढा राखिएका सबै नेपाली कामदारहरू काममा फर्किसकेको त्यहाू कार्यरत नेपालीले जनाएका छन् ।    'हामी सबै फर्केर काम गरिरहेका छौं, हामीसूग झगडा गर्ने पाकिस्तानीलाई कम्पनीले घर पठाइदियो,' कम्पनीमा कार्यरत ओख्रे- ६, तेह्रथुमका खगेन्द्र लिम्बुले कान्तिपुरलाई भने, 'अहिले त कम्पनीमा कुनै पाकिस्तानी पनि देखिूदैनन् ।' नेपालीहरू एक सातापछि काममा फर्किएका थिए भने पाकिस्तानीलाई पालैपालो गरी घर पठाइदिएको उनले बताए ।

मेसमा थाल लिएर पालो बसिरहेका बेला एक पाकिस्तानी बीचमा घुस्दा नेपालीले आपत्ति जनाएपछि ती पाकिस्तानीले हातको रित्तो थालले हान्दा घटनाले उग्ररूप लिएको थियो । घटनाको भोलिपल्ट नेपाली मिलेर पाकिस्तानीलाई कुटेका र त्यसपछि सोही कम्पनी र अन्य कम्पनीका पाकिस्तानी मिलेर पटक- पटक नेपालीलाई कुट्न थालेपछि घटनाले उग्ररूपमा लिएको थियो ।

'नेपालीको पक्ष लियो भनेर पाकिस्तानीहरूले अरू देशकासूग पनि झगडा गर्न थालेपछि कम्पनीले घर पठाइदिएको हो,' नौसार, लमजुङका लालबहादुर किसानले भने,  'कम्पनीमा १२ जनाजति ग्रुप फोबाट नेपाली सेक्युरिटी पनि ल्याएर राखेको छ ।' कम्पनीले ओटीसमेत बढाइदिने भनेर नेपालीलाई आश्वासन दिएको उनले सुनाए ।

अवुधाबीस्थित नेपाली दूतावासले घटना साम्य भइसकेको जनाउँदै नेपाली इमान्दार र लगानशील भएकाले कम्पनीले सुरक्षित राखेर काममा पुनः फर्काएको जनाएको छ । 'नेपालीहरू इमान्दार र अरूभन्दा 'लेस प्राब्लोम्याटिक' (कम समस्यायुक्त) भएकाले सकुशल काममा फर्काएर राखेको छ,' दूतावासले भनेको छ, 'अहिले कसैबाट पनि फेरि समस्या पर्‍यो भनेर खबर आएको छैन ।'
स्रोत :कांतिपुर

Posted by Butwalonline on 7:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कुट्ने ३ सयभन्दा बढी पाकिस्तानी घर ,सबै नेपाली काममा"

Leave a reply