|

सर्लिन चोपडा फिल्म कामसुत्रमा निक्कै बोल्ड भएर उत्रने

नयाँ दिल्ली, कात्तिक २५ (एजेन्सी) - मोडलिङबाट सिनेमातिर लाग्दै गरेकी सर्लिन चोपडा फिल्म कामसुत्रमा निक्कै बोल्ड भएर उत्रने भएकी छिन्। प्लेव्वाई म्यागेजिनका लागि नाङ्गो फोटो खिचाएकी सर्लिन चोपडाका बोल्ड सिनहरु भारतमा सुटिङ गर्दा विवादमा पर्नसक्ने भएकाले हलिउडमा गर्ने तयारी भएको हो।

फिल्मका निर्देशक रुपेश पाउलले कुनै समस्या चाहेका छैनन्। यस्तो फिल्म निर्माण गर्दा सामाजिक संगठनहरु सक्रिय भएर समस्या ल्याउन सक्ने भएकाले लस एन्जल्समा सुटिङ गर्ने उनको तयारी छ। त्यसका लागि उनले स्टुडियोको बैनासमेत गरेका छन्।

सर्लिनको नाङ्गा तस्बिरले यसअघि चर्चा र विवाद दुबै जन्माएका छन्। निर्देशक पाउलले पनि फिल्म थाल्नुअघि नै नाङ्गा दृष्य नराख्नर दवावहरु खेप्न थालिसके। यसले समस्या ल्याउनसक्ने उनको बुझाइ छ।

भारतका गुजराज, राजस्थान, मध्यप्रदेश र मुम्बईमा सुटिङ हुने फिल्मका यौनक्रिडाका दृय्य भने हलिउडमा सुटिङ हुने भएका हुन्।कामसुत्र थ्रीडी फिल्म हुने उनले जानकारी दिए।
सामाग्री :साभार  नागरिक न्यूज

Posted by Butwalonline on 7:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्लिन चोपडा फिल्म कामसुत्रमा निक्कै बोल्ड भएर उत्रने"

Leave a reply