दुर्घटनामा दुईको मृत्यु एक घाइते
बुटवल कार्तिक १८ - रुपन्देहीको सिक्टहन ९ पश्चिम टोल भन्ने स्थानमा शनिबार साझ साढे ६ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनवलबाट शाखा बाटो सहनिया तर्फ आउदै गरेको लु २ त ५७७९ नं.को ट्याक्टर पुलको कल्र्भटमा ठोकिन गई ८ फिट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक रुपन्देही रामनगर ४ बस्ने बर्ष २२ को गोरखनाथ यादव र सोही ट्याक्टरमा सवार नवलपरासी सुनवल ८ बस्ने बर्ष ३५ को रवि कुमार वि.क.को घटना स्थलमा नै मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवले जनाएको छ । घटना स्थलमा ई.प्र.का धकधईबाट सुरक्षार्थ एक प्रहरी टोलि खटीएको प्रहरीले जनाएको छ ।
त्यस्तै केरवानीमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । शनिबार लु १ त ७४६५ नं.को ट्याक्टरले पैदलयात्री केरवानी बस्ने १० बर्षीय शुसिल रावतलाई ठक्कर दिएको हो । घाईतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको लागी पठाईएको र ठक्कर दिने सवारी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।