बौद्ध स्तुपामा 'बेबी बुद्ध' को प्रदर्शन
लुम्बिनी, मंसिर ९ - नेपालमा लुम्बिनी भ्रमण वर्ष २०१२ मनाइरहँदा थाइल्यान्डबाट सय भन्दा बढी व्यक्तिहरू भगवान गौतम बुद्धबारे प्रचारप्रसार गर्न नेपाल आइपुगेका छन्। थाइल्यान्डको पूर्वमन्त्री कुनिङ सुधारतको नेतृत्वमा ८० पत्रकारसहित आएको टोलीले शुक्रबार बौद्ध स्तुपामा 'बेबी बुद्ध' प्रदर्शन गर्दै आफ्नो भ्रमण उद्देश्यबारे बताएको थियो।
भगवान गौतम बुद्ध जन्मिएको नेपालको लुम्बिनीमा बेबी बुद्धको स्थापना गरी हामी प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आएका हौं,' टोलीका संयोजक टमले शुक्रबार बौद्ध स्तुपामा भने, 'यसले थाइल्यान्डमा पनि लुम्बिनी भ्रमण वर्षबारे प्रवर्द्धन गर्न सजिलो हुन्छ।'भगवान बुद्ध लुम्बिनीमा जन्मिएपछि बाल्यकालमा कस्ता थिए त्यसकै प्रतिविम्ब मूर्तिमा तयार गरेर थाइल्यान्डबाटै 'बेबी बुद्ध' ल्याएको उनले बताए। 'भोलि नै बेबी बुद्धको मुर्तिलाई लुम्बिनीमा स्थापना गर्ने कार्यक्रम छ,' लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा सङबो शेर्पाले भने, 'यसको उद्देश्य नै बौद्ध धर्म पर्यटन प्रवर्द्धन गर्ने हो।'
स्रोत :नागरिक
