|

निम्बल नुसि प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि पल ईन्टरनेशनल एकेडेमीलाई

बुटवल ,कार्तिक २३ । जनता माबि टिकुलीगढ रुपन्देहीको खेल मैदानमा संचालित निम्बल नुसि प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि पल ईन्टरनेशनल एकेडेमी कोटिहवाले उचालेको छ । आज सम्पन्न फाईनलमा पलले ४४ रनले उपाधि हात पार्न  सफल पारेको हो । फाईनल खेलमा पल र डन चिल्डे«न एकेडेमीका भिडेका थिए । प्रतियोगिताको बिजेता पलले १५ हजार नगद शिल्ड ,मेडल र प्रमाणपत्र पाएको छ । भने उपबिजेता डनले नगद १० हजारमा चित्त बुझाएको खेल संयोजक दिपक भूर्तेलले बताउनुभयो । 

उपाधि चुमेका खेलाडिहरुलाई नेपाल क्रिबेट संघक्षेत्र नं ४ रुपन्देहीका सचिब बसन्त शाहि,निम्बल एजुकेशनका प्रबन्ध निर्देशक बिरेन्द्र जिसि तथा खेल संयोजक दिपक भूर्तेलले संयुक्त रुपमा प्रदान गरेका थिए ।

Posted by Butwalonline on 7:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "निम्बल नुसि प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि पल ईन्टरनेशनल एकेडेमीलाई"

Leave a reply