गोरखा सेवा समाज युएईको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
गिता मणि पाण्डे,नोभेम्बर ९ शुक्रबारका दिन बरदुबईको एभरेष्ट होटलमा नेपालीहरुको महान चाड शुभदिपावली २०६९ को उपलक्ष्यमा गोरखा सेवा समाज युएईले बिगत १० बर्षदेखी क्यान्सर पीडित गोरखा जिल्ला बुंकोट गा बि स वडा नं ३ का पूर्ण बहादुर रानाको परिवारको सहयोगार्थ शुभकामना आदान प्रदान तथा देउसी भैलो सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
गोरखा सेवा समाज युएईका अध्यक्ष सुरेश ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती महामहिम राजदुत धनन्जय झा हुनुहुन्थ्यो भने बिशेष अथितीहरुमा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल र गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष चन्द्र रोकाहा रहनुभएको थियो। अन्य अथितीहरुमा गैरआबासिय नेपाली संघका मध्यपुर्ब सह-संयोजक एल एन सुबेदी,नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष हेमन्त पौडेल,नेपाली जनसंपर्क समितीका युएईका उपाध्यक्ष खेमराज बस्नेत, मगर संघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगर, तमु समाजका उपाध्यक्ष भोजराज घले,तमाङ समाज बाट जितेन्द्र तमाङ,पत्रकार महासंघको तर्फबाट पत्रकार गीतामणी पाण्डे, बाग्लुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल, धादिङ वेलफेर एसोसिएसन,युएईका अध्यक्ष भुवन गुरुङ,अर्घाखाँची संपर्क समिती युएईका अध्यक्ष राजु खड्का, एन आरएनए महिला समिती, युएईकी अध्यक्ष अर्चना बस्नेत नेपाल बिश्व सहयोग संघ युएईका अध्यक्ष तथा गोरखा सेवा समाजका सल्लाहकार महाप्रसाद धिताल रहनुभएको थियो भने कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अथिती महामहिम राजादुत धनन्जय झा र कार्यक्रमका सभापती तथा समाजका अध्यक्ष सुरेश ढकालले संयुक्त रुपमा दियोमा बत्ती बालेर गर्नु भएको थियो।
समाजका केन्द्रिय सदस्य रोशन लामिछानेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाजका केन्द्रिय सदस्य तथा खेलकुद संयोजक भीम नारायण श्रेष्ठले कार्यक्रमको उदेस्यको बारेमा प्रष्ट पार्नुभएको थियो। शुभकामना मन्तब्य दिदैं नेपाली जनप्रगतीशिल मंच युएईका अध्यक्ष हेमन्त पौडेलले गोरखा सेवा समाज युएईको उत्तरोत्तर प्रगतिको कामना गर्नुभ्एको थियो। त्यस्तै शुभकामना मन्तब्य दिने क्रममा कार्यक्रमका बिशेष अथिती तथा नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालले कार्यक्रमको प्रंससा गर्नु भएको थियो। साथै युएईमा आईपर्ने समस्या समाधानका लागि गोरखा सेवा समाजलाई सक्दो सहयोग गर्ने तथा समस्या समाधानका लागी मिलेर काम गर्ने बताउनु भएको थियो। त्यस्तै शुभकामना दिने क्रममा प्रमुख अथिती महामहिम राजदुत धनन्जय झाले उपस्थित सबैलाई शुभकामना दिदै भावी दिनहरुमा विदेशमा मात्र नभएर आफ्नो जिल्लाको विकाश निर्माणमा समेत प्रवासबाट सहयोग गर्न अनुरोध गर्नुभएको थियो।
दुई चरणमा बिभाजित उक्त कार्यक्रमको पहिलो चरणको अन्त्यमा नेपाली खेलकुद ईतिहासमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा नेपालको तर्फबाट आफ्नो खेल प्रदर्शन गरिसक्नुभएका नेपाली राष्ट्रिय भलिबल खेलाडी हरु तथा गोरखा सेवा समाज युएईका खेलाडी साथीहरुलाई उहाहरुले खेलकुद क्षेत्रमा पुर्याखउनु भएको योगदान तथा क्षमताको कदर गर्दै प्रमुख अथिती, बिशेष अथिती र समाजका अध्यक्ष सुरेश ढकालले खादा ओडाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो। पहिलो चरणको कार्यक्रमको संचालन समाजका सचिव रामचन्द्र ढकालले गर्नुभएको थियो।
दोस्रो चरणको कार्यक्रमको शुरुमै मुना राईको “टप्प टिपी लान्छु भन्ने यही ठांउमा आछ” भन्ने नृत्यले सबै दर्सकलाई झस्काएको थियो। त्यस लगत्तै लोक गायक नारायण न्यौपानेको लोक गीत हेर्दिन भो धेरै ,पुर्व पश्चिम जुन ठाउमा गएनी राम्री लाग्ने मेरै बोलको गीतले धेरैलाई नचाएको थियो। त्यस्तै नीर आलेको कमेडी नृत्यले उपस्थित सबैलाई हंसाएको थियो। बिष्णु भाटले चलेछ बतास सुस्तरी बोलको गीत प्रस्तुत गरेका थिए भने मुना राइले सानु माया आउन वर बोलको गीतमा र मनिषा राईले मोहोनी लाग्योकी बोलको गीतमा नृत्य गरेकी थिईन। त्यस्तै आशिस पुरुषको मैनबत्ती नाच पनि निकै उत्कृष्ट रहेको थियो।
गोरखा पल्टन चलचित्रको गीतमा नृत्यमा अनुराग र मुना राइलाई दर्सकहरुले पनि नाचेर साथ दिएका थिए। त्यस्तै दिपक समाल र आशिका मगरले गाएको चट्ट रुमाल क्यामलु बोलको गीत पनि निकै राम्रो थियो। लोक गायक नारायण न्यौपानेले गाएको लालुपाते फुल छैन रुखमात्रै बोलको गीतमा दर्सक र अथितीहरु मन थाम्न नसकेर स्टेजमै गएर नाचेका थिए। राजेश घले,सुदिप गैरे,यमन गुरुङ,रोशन लामिछाने,ज्योती गुरुङ,दिपक पारीयार आदिले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रकाश सपुत र अन्य कलाकारहरुले देउसी भैलो खेलेर नेपालकै याद दिलाएका थिए। उक्त सांस्कृतिक कार्यक्रमको संचालन गोरखा सेवा समाज युएईकी उपाध्यक्ष बिमला भट्ट र गायक प्रकाश सपुतले गरेका थिए।
रोजगारीका लागि प्रबासीएका गोरखा बासीहरु तथा अन्य बिभिन्न क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम दिउंसो ३ बजे देखी संझ ७:३० बजे सम्म चलेको थियो।