|

उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन

डडेल्धुरा , कार्तिक १९ । डडेल्धुराको टीम अस्पतालमा उपचारको क्रममा रहेकी एक महिलाको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालबिरुद्ध प्रदर्शन गर्दै डा. के आई सिंह राजमार्ग ठप्प पारेका छन् । सर्पको टोकाईबाट गम्भीर रहेकी डोटी वनलेक ५ की २० बर्षिया बिन्नादेवी धामीको प्रसूती गराउने क्रममा मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । उनको बच्चा भने सकुशल छ । प्रसूतीको क्रममा बढी रक्तश्राव हुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । स्थानीयवासी भने २० बर्षसम्म बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै शव नै नबुझी प्रदर्शनमा उत्रिएका हुन् ।
स्रोत :इमेज च्यानेल

Posted by Butwalonline on 7:36 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि अस्पतालमा प्रदर्शन"

Leave a reply