|

नवलपरासीको गैँडाकोटमा बस पल्टँदा १३ जना घाइते

चितवन, कात्तिक १७ - पूर्वपश्चिम राजमार्गअर्न्तगत नवलपरासीको गैँडाकोटमा आज बिहान बस पल्टँदा १३ जना घाइते भएका छन्। नारायणगढबाट डन्डातर्फ जाँदै गरेको ना३ख ६११४ नम्बरको बस गैँडाकोट- ७ जयश्री पुलनजिकै सडकबाट १० मिटर तल खसेको थियो।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परी घाइते भएकाको स्थानीयवासी र प्रहरीले उद्धार गरेका थिए।

घाइते सबैको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस
स्रोत : नागरिक न्यूज 

Posted by Butwalonline on 9:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीको गैँडाकोटमा बस पल्टँदा १३ जना घाइते"

Leave a reply