प्रवासी नेपालीहरुको समश्यालाई गंभीर रुपमा उठाउंदैछु – अर्चना कार्की
.jpg)
अर्चना कार्कीको अर्को ठूलो इच्छा भनेको सही अर्थमा महिला हकहितका विषयलाई कसरी उठाउन सकिन्छ भन्ने पनि रहेको छ । उनी हाम्रो देशमा महिला अधिकारको विषयमा निकै ठूला ठूला आन्दोलनहरु भए केही सकारात्मक अधिकारहरु पनि उनीहरुले पाए । तर महिला अधिकारको संस्थागत विकास हुन नसकेको महशुस गर्छिन उनी । आन्दोलनको राप रहुन्जेल महिलाहरुले अधिकार प्राप्त गर्ने र आन्दोलनको राप सेलाउ“दै गएपछि महिलाका अधिकार पनि विस्तारै खोसिदै जाने गरेको छ । एक पटक प्राप्त गरेको अधिकार विस्तारै ओझेलमा पर्दै जानुको मूलकारण महिलाहरु जति सचेत हुनुपथ्र्यो त्यति हुन नसकेको कारणले र अधिकारलाई संस्थागत गर्न नसकैले हो भन्ने ठम्याई उनको रहेको छ । “अशिक्षा, परम्परागत कुररिती र वेरोजगारीसित पनि नेपाली महिलाहरुको समश्या गांसिएको छ अतः ती पक्षहरुको हल नगरीकन महिला अधिकारको शुनिश्चितता हुने संभावना उनी कमै देख्छिन् । टाठा वाठा महिलाहरुले त संधै अधिकार पाइरहकै छन् नि समाजको ग्रासरुटमा रहेको महिलाहरुले अधिकार पाएका छैनन् । सुकिला मुकिला महिलाहरुले गफ गर्ने मन्च र विषययमात्र बन्नु हुदैन महिला मुक्ति र अधिकारका मुद्दाहरु । बोक्सी प्रथा र छाउपडी प्रथा अझै हाम्रो समाजमा विद्यमान रहेको छ । नयां नेपालको लागि यि घिनलाग्दा विकृति र कुसंस्कारमाथि सरकारले कडा कानून वनाएर लागू नगरेसम्म कसरी हट्छ” भन्छिन् उनी ।
नेपालको वर्तमान राजनैतिक अवस्थाको विषयमा कटु आलोचना गर्दै उनी भन्छिन “संधै सहमतिको कुरा गरेर असहमतिको वाटो हिड्न वानी परेका र विगतको प्रतिगामी विरासतलाई अग्रगामी दलहरुले सम्वन्ध विच्छेद गर्न नसकी अलमलमा परेकाले पनि देशमा स्थायित्व आउन नसकेको” कुरा वताउ“छिन अर्चना कार्की । गणतन्त्रको स्थापना पछि पनि यति ठूलो अलमल हुनु नपर्ने हो यतिखेरसम्म नेपाली जनताले गणतन्त्रको सकारात्मक अनुभूति गरिसक्नु पर्नेमा जताततै निराशा मात्र देख्ता नरमाइलो लागेको तीतो अनुभव पनि उनले पोखिन् । देशलाई पछाडि धकेल्न कन्जरभेटिभ दलहरु लागेकाले देशमा शान्ति, अमन, चयन कायम हुन नसकेको हो भन्छिन् उनी ।
विदेशमा वस्ने नेपालीहरुको संगठन एनआरएनले नेपालको पक्षमा निकै राम्रा योजनासहित लगानी भित्र्याउन खोजीरहेको छ । अष्ट्रेलियाका एनआरएनहरु नेपालप्रति साह्रै पोजिटिभ छन् । अध्ययनको सिलसिलामा गएका हामी नेपाली विद्यार्थीहरुलाई निकै ठूलो हौसला प्रदान गरिरहनु भएको छ । अष्ट्रेलियामा बसेका एनआरएनलाई उत्साहित पारेर नेपालमा उनीहरुको सिप र लगानीलाई भित्र्याउन सकेमात्र पनि हाम्रो देश निकै माथि पुग्ने कुरा वताउछिन् उनी । विदेशमा वस्ने नेपालीहरुको लागि नेपाल सकारले हौसला र सुरक्षा प्रदान गर्न सकेको छैन । नेपाली राजदुतावासहरुले नेपाली नागरिकहरुमाथि जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेको छैन । त्यसतर्फ वेलैमा ध्यान नपुर्याउनाले खाडी मुलुक र मलेसियामा काम गर्न जाने श्रमिक दाजुभाइको अधिकारमाथि ठूलो कुठाराघात भैरहेको छ ।
काम गर्न गएका नेपालीहरुको लाश कफिनमा प्याक भएर लाख कोशिसका वावजुद भित्रिनु भनेको सरकारले रेमिटान्समा मात्र ध्यान दिएको तर नेपालीलाई जोखिमवाट वचाउन कुनै कदम चाल्न नसकेको सहजै अनुमान लगाउन सकिन्छ के सवै सरकार नेपाल सरकार जस्तै गैरजिम्मेवार हुन्छन् र भनि उत्सुकता र चिन्ता व्यक्त गर्दछिन् प्रगतिशील विचार बोक्ने अर्चना कार्की । उनी आफ्ना मनका भावनाहरु नेपाली मेडियासंग शेयर गर्न लालायित छिन ।
ठेगाना
अर्चना कार्की जोरपाटी - ३
काठमाण्डौ फोन ०१४९१२५८५
