|

नवलपरासीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु २५ घाइते

नवलपरासी कात्तिक २९- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।

काठमाडौंबाट बुटवल जान हिँडेको लु १ ख५१९७ नम्बरको बसले नवलपरासीको मुकुन्दपुरमा साइकलयात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भएर पल्टँदा साइकलमा सवार मुकुन्दपुर ६ पितौजीका ८५ वषर्ीय खड्कबहादुर मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी कावासोतीको पुष्पलाल चोकमा लु १ ख ४८०७ नम्बरको बुटवल गइरहेको बस र लु १ ज ५३६ नम्बरको जिप एकआपसमा ठक्कर खाँदा बसमा यात्रारत पाँच घाइते भएका छन् । उनीहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस(स्रोत :ऑनलाइन खबर)

Posted by Butwalonline on 8:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु २५ घाइते"

Leave a reply