बुटवलमा पुस्तक संकलन अभियान संचालन हुने
बुटवल मंसिर ८ - बुटवलका क्रियाशिल सामाजिक संघ संस्थाहरुले पुस्तक संकलन अभियान संचालन गर्ने भएका छन् । पाठशाला मासिकको चौथो बर्ष प्रवेशको अवसरमा आयोजित तयारी छलफल कार्यक्रममा यस्तो निर्णय भएको हो ।
पुस्तक संकलनका लागि पाठशाला मासिक संयोजक रहनेगरी नौं संघ संस्था रहनेगरी समिति गठन गरिएको छ । जसका सदस्यहरुमा पुस्तक तथा स्टेशनगरी व्यवशायी महासंघ, पत्रकार महासंघ रुपन्देही, ज्ञानज्योती पुस्तकालय, महाबीर पुस्तकालय, जनजागृती पुस्तकालय, तामनगर सामुदायिक अध्ययन केन्द्र, प्याब्सन, एन प्याब्सन रहेका छन् ।
त्यस्तै सहयोगी संस्थाको रुपमा उच्च माध्यमिक शिक्षा परिषद् बुटवल, बुटवल जेसिस, यूनाटेड मिसन टु नेपाल, रुम टु रिड, रुपन्देही उद्योग संघ, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, रेडक्रस, मानवअधिकार तथा शान्ति समाज, रुपन्देही, इन्सेक, वल्र्ड भिजन, आइ आर डि सि नेपाल, अभिभावक संघ लगायत दुई दर्जन सामाजिक संघ संस्था रहेका छन् ।
कार्यक्रममा बोल्दै शिक्षा कार्यालयका उपसचिव उत्तरकुमार पराजुलीले पठन संस्कृतिका लागि पुस्तक संकलन अभियानले सहयोग गर्ने बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी महासंघका केन्द्रिय अध्यक्ष हरिप्रसाद अर्यालले पुस्तक संकलन अभियानलाई पुस्तक बैकको रुपमा संचालन गर्न जरुरी भएको बताए । कार्यक्रममा बुटवल नगरपालिका अधिकृत दामोदर ज्ञवाली, हिसानका अध्यक्ष टुकबहादुर क्षेत्री, शान्ति समाजका गोविन्द खनाल, दिवाकर घिमीरे, बालाकृष्ण तिवारी, दयानिधि भण्डारी, लक्ष्मीनाथ अधिकारी लगायतले बोलेका थिए ।
तीन किसिमले पुस्तक संकलन अभियान गरिने र ति पुस्तक बुटवलमा रहेका सार्वजनिक पुस्तकालयलाई प्राथमिकता राखी प्रदान गरिने पाठशाला मासिकका संस्थापक सम्पादक कृष्ण मल्लले बताए । उनले यस अभ्यासलाई सामाजिक संस्कार र दिगो रुपमा व्यवस्थापन गर्न पहल गरिने जानकारी दिए । पत्रिकाका सम्पादक माधव गौतमका अनुसार पुस्तकहरु केन्द्रिय, जिल्ला र स्थानिय रुपमा विद्यालय, शिक्षक र विद्याथीै परिचालन गर्ने, पुस्तक व्यवशायी परिचालन गरिनेछ । त्यस्तै एक दिन पुस्तक संकलनका लागि बुटवलका सामाजिक संघ संस्थाको सहभागीतामा बुटवल बजारमा पुस्तक संकलन अभियान गरिनेछ ।
शिक्षामा खोज पत्रकारिताका नयाा अभ्यास सहित पाठशाला मासिक बुटवलबाट विगत तीन बर्षदेखि निरन्तर प्रकाशित हुदै आएको छ ।