|

क्यारेवियन क्षेत्रबाट अमेरिकातिर बढ्दै स्याण्डी नामक आँधी

काठमाण्डौ कात्तिक १३ -(एजेन्सी)क्यारेवियन क्षेत्रबाट अमेरिकातिर अघि बढिरहेको स्याण्डी नामक आँधीबाट बच्न अमेरिका सहरहरुमा उच्च सर्तकर्ता उपनाउन थालिएको छ ।

वासिङटन, भर्जिनिया, मेरिल्याण्ड लगायतका १२ राज्यमा आँधीले क्षति पुर्‍याउने अनुमान गरिएको छ । सोही कारण केही राज्यहरुमा संकटकालीन अबस्थाको घोषणा गरिएको छ भने नागरिकहरुलाई सुरक्षित रहने उपाय अपनाउन आग्रह गरिएको छ । उत्तरी तटीय क्षेत्रका करिव ३ लाख नागरिकलाई सुरक्षित रहन आह्वान गरिएको छ भने करिव ५० हजारलाई अन्यत्रै सारिएको समाचार संस्था बीबीसीले जनाएको छ ।

न्यूयोर्कमा सार्वजनिक सवारी, मेट्रो रेल र हवाई सेवा बन्द गरिएको छ भने आँधी प्रभाव पर्ने अनुमान गरिएका धेरै राज्यमा दैनिक बिद्यालय, सपिङ मल लगायतका सेवा बन्द गरिएको छ । सर्वसाधारणले घरमा पानी र हावा नछिर्ने गरि घर टालटुल पार्न थालेका छन भने खाद्यन्न लगायतका अत्यावश्यक वस्तुको जोहो गर्न थालेका छन् ।

सोमबार रातीसम्म आँधी अमेरिकी राज्यहरुमा प्रवेश गर्ने अनुमान गरिएको छ । प्रतिघण्टा एक सय ३० किलोमिटरको गतीमा रहेको आँधीले पछिल्लो दिनमा क्यारेविन क्षेत्रमा करिव ६० जनाको ज्यान लिइसकेको छ ।

आँधीका कारण राष्ट्रपति बराक ओबामा आफ्नो चुनाव प्रचार अभियान रोकेर वासिङटन फर्केका छन भने अर्का उम्मेदवार मिट रोमनीको प्रचार अभियान पनि प्रभावित भएको छ ।

मौसमबिदहरुले यो आँधीले अमेरिकामा धेरै क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । सवैभन्दा धेरै क्षति न्यूयोर्क र ओहायो राज्यमा हुने अनुमान गरिएको छ । धेरै धनजनको क्षतिको अनुमान गर्दै सरकारले आपतकालिन शिविर स्थापना गरेको छ भने उद्दारको तयारीका लागि आपतकालिन बिभागलाई तयारी अबस्थामा राखिएको छ ।
स्रोत : ऑनलाइन खबर



Posted by Butwalonline on 2:52 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्यारेवियन क्षेत्रबाट अमेरिकातिर बढ्दै स्याण्डी नामक आँधी"

Leave a reply