सम्पादक नेपाललाई मातृशोक
काठमाडौ । अनलाइन मिडिया एसोसिएसनका केन्द्रीय सदस्य तथा नेपाल दुबई डट कमका सम्पादक एवं सञ्चालक दामोदर नेपालकी ममतामयी आमा टिकादेवी नेपालको दुखद् निधनले एसोसिएसन र नेपाल दुबई डट कम मर्मात भएको छ ।
नेपालकी ममतामयी आमा नेपालको दसैंको टिकाका दिन मूलघर नुवाकोट जाने क्रममा नुवाकोटकै वेलकोटमा भएको दुर्घटनामा दुखद् निधन भएको हो । उहाँ ८२ वर्षिया हुनुहुन्थ्यो । काठमाडौ कुमारीगालमा सम्पादक दामोदर नेपाललाई टिका लगाएर नुवाकोट घर जाने क्रममा भएको बा १ ज ९७५७ नम्बरको माइक्रो बस दुर्घटनामा उहाँको निधन भएको थियो । सम्पादक नेपालले ममतामयी आमाका साथै परिवारका अन्य दुई सदस्यसमेत गुमाउनु भएको छ । दुर्घटनामा नेपालकै नातेदार ४० वर्षीया चाँदनी घिमिरे र १४ वर्षीया जुन घिमिरेको समेत निधन भएको थियो ।
दसैं÷तिहार जस्तो महत्वपूर्ण पर्वका बेला हाम्रा सहृदयी मित्र पत्रकार नेपालमाथि भएको यो बज्रपातबाट हामी अत्यन्तै मर्माहत भएका छौ । साथै शोकको यो घडीमा अनलाइन मिडिया एसोसिएसन नेपाल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ । साथै दुर्घटनामा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
