|

जिप कालीगण्डकी नदीमा खस्दा १० जना यात्रु घाइते

गुल्मी कात्तिक १३ - गुल्मीको रिडी नजिकै साँघुरेमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ठूलोलुम्पेकबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज १९५८ नम्बरको जिप साँघुरेबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो । रिडी-रुद्रबेनी सडकखण्डको साँघुरे भन्ने ठाउँमा ब्रेक फेल भएर जिप नदी किनारमा खसेको हो ।

दुर्घटनास्थलमा भर्खरै मात्र प्रहरी र स्थानीय पुगी उद्धार कार्य थालिएको प्रहरी निरीक्षक बिनीमहादेव पौडेलले बताउनुभयो । घाइते नौजनालाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

घाइतेमध्ये ठूलोलुम्पेकका भीमबहादुर सुनार, खेमबहादुर फौजाको अवस्था गम्भीर रहेको बताइएको छ । अन्य घाइतेहरूमा जयखानीका सुनु श्रेष्ठ, सुस्मिता राहाडी, भरत राना, ठूलो लुम्पेकका छवि थापा, धनकुमारी सुनार, कमल सुनार, सम्झना सुनार, टकसरा सुनार रहेका छन् । सडकखण्डकै अन्त्यन्तै जोखिमपूर्ण स्थानमा दुर्घटना भए पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

रिडी-रुद्रवेणी सडकखण्ड स्तरोन्नति गरी ग्राभेल गर्ने प्रक्रिया सुरु भए पनि चट्टान काट्न नसकिएको भन्दै सो ठाउँलाई जस्ताको तस्तै छाडिएको छ । रासस
स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 1:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिप कालीगण्डकी नदीमा खस्दा १० जना यात्रु घाइते"

Leave a reply