अन्तरलायन्स फुटवल प्रतियोगिताको फ़ाइनलमा पिस सिटि र हेम्जा भिड्दै
पोखरा, २७ असोज-पोखरामा जारी अन्तरलायन्स सेभेन ए साईड फुटवल प्रतियोगितामा आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटि र लायन्स क्लब अफ हेम्जा उपधीकोलागि भोली विहान ७:३० वजेदेखि भिड्ने भएका छन् । पोखराको वाराहि ढुङ्गाघाट खेल मैदानमा आज सम्पन्न सेमि फाईनल खेलमा पिस सिटीले सुन्दर नगरीलाई र हेम्जाले पिस चौतारीलाई पराजीत गराउादै फाईनलमा प्रवेश गरेका हुन् ।
आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा आयोजक पिस सिटिले नगरीलाई ४–० गोल अन्तरले पाखा लगाएको हो । आयोजक पिस सिटिकोलागि डा असिम सुवेदी ३ गोल र बलराम केसी १ गोल गरेको थिए । सो खेलमा म्यान अफदि म्यान असिम सुवेदी हुनुभयो ।
त्यसैगरी दोस्रो सेमिफाईनल खेलमा लायन्स क्लब अफ हेम्जाले लायन्स क्लव अफ पोखरा पिस चौतारीलाई १–० गोलल पराजीत गर्न सफल भयो । सो खेलमा हेम्जाकोलागि सुजित श्रेष्ठले १ गोल गरेका थिए भने हेम्जाकै गोल रक्षक राजेन्द्र सापकोटा म्यान अफ दि म्याच हुनुभयो ।
यस अघि आज विहान ४ वटा क्वाटर फाईनलका खेलहरु सम्पन्न भएको थियो । पहिलो क्वाटरफाईनल खेलमा आयोजक पिस सिटीले लायन्स क्लब अफ पोखरा चौतारी विन्ध्यवासिनीलाई ७–० ले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले लायन्स क्लब अफ ग्लोबल लेकसिटीलाई १०–२ विशाल गोल अन्तरले र तेस्रो खेलमा लायन्स क्लब अफ पोखरा पिस चौतारीले माछापुच्छ्र्रेलाई १–० गोलले हराएको थियो ।
प्रतियोगिता अन्तरगत अन्तिम क्वाटरफाईनलमा लायन्स क्लव अफ हेम्जाले पन्चासे चौतारीलाई ६–० ले पराजित गरी सेमिफाईनलमा गएको थियो ।
।। हार्दिक निमन्त्रणा ।।
लायनहरुबीचमा आपसी भाईचारको सम्बन्ध विकास गर्ने उद्देश्ले पोखरामा लायन्स क्लब अफ पोखरा पिस सिटिले गत असोज २५ गतेदखि पोखरामा अन्तर लायन्स क्लव सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गरेको यहाालाई अवगतनै छ ।
नेपालमै पहिलो पटक आयोजीत सो प्रतियोगिताको समापान लायन्स क्लब नेपाल ३२५ वि वानका डिष्ट्रिक गर्भनर लायन दिपक श्रेष्ठ एमजेएफ ज्यू को प्रमुख आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुने समापन समारोहमा यहााको गरिमामय सहभागिताकोलागि हार्दिक अनुरोध गर्दछौा ।
कार्यक्रम
मिति : २०६९ असोज २८ गते
समय : विहान ७ : ३० वजे ।
स्थान : वाराही डुङ्गाघाट खेल मैदान (फेवाताल नजिकै)
अध्यक्ष
लायन्स क्लब अफ पोखरा पिस सिटि
थप जानकारी
अध्यक्ष : ९८५६० २०८१०,संचार निर्देशक :९८४६१७८५८१
