|

राष्ट्रिय जनमुक्ती पार्टी क्षेत्र नं. ४ रुपन्देहीको कार्यकर्ता प्रशिक्षण सम्पन्न

बुटवल, २७ असोज । राष्ट्रिय जनमुक्ती पार्टी क्षेत्र नं. ४ रुपन्देहीको शनिवार पर्रोहामा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

गाउ इकाई समितिका अगुवा कार्यकर्तालाई राष्ट्रिय जनमुक्ती पार्टीका संघीय परिषद् सदस्य दलबहादुर विरकट्टा, जिल्ला अध्यक्ष झमबहादुर गुरुङ, राष्ट्रिय युवा मोर्चाका केन्द्रिय सदस्य कमल थापाले वर्तमान राजनीतिक अवस्था, संविधानसभा विघटनपछिको निकासको वारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम पर्रोहा गाउ इकाई समिति अध्यक्ष सुरज दर्लामीको अध्यक्षता कोषाध्यक्ष मुक्त बहादुर थापा, सचिव धनु कवर मगरको संचालनमा भएको थियो । 

Posted by Butwalonline on 4:26 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय जनमुक्ती पार्टी क्षेत्र नं. ४ रुपन्देहीको कार्यकर्ता प्रशिक्षण सम्पन्न"

Leave a reply