|

युएईमा प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता हुने


बिगत बर्षहरुमा झैँ यस वर्ष पनि मुस्लिमहरुको दोश्रो महान चाड बकरी ईदको पुनित अवसरमा, संघ युएईको मातहतमा मगर संघ दुबई क्षेत्रीय समितिले प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता आयोजना गरेको छ | उक्त भलिबल प्रतियोगिता यही आउने अक्टोबर २६ र २७ तारिक बलदिया भलिबल खेल मैदान अल्कुश दुबईम हुने भएको छ |

सम्पूर्ण भलिबल खेल प्रेमीहरुलाई आ आफ्नो टिम लिएर आई खेलको शोभा बढाई दिनु हुन् मगर संघ युएईले युएई स्थित सबै संघ संस्था तथा खेल प्रेमीहरुलाई पत्र या इमेल मार्फत जानकारी गराउने छों यदि आएन भने पनि यसै समाचार लाई आधार मानी उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं | टिम दर्ता गराउदा प्रति टिम सुल्क १५० दिरहाम   मात्र हुनेछ | पुरस्कारको लागि प्रथम , दोस्रो , र तेस्रो हुनेलाई नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ | स्मरण रहोश मगर संघ यु ए ई केन्द्रीय समितिको पूर्ण सहयोगमा मगर संघ दुबई क्षेत्रीय समितिको आयोजनामा प्रथम शहिद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता बार्षिक रुपमा खेलाउदै आएको छ |

बिस्तृत जानकारीको लागि:

संयोजक                गणेश राना मगर ०५५८६४९९७८

सदस्य                  सुभास सारु मगर ०५२९७१४०१०

सदस्य                  कुम सारु मगर ०५५१८४१६६८

सदस्य                  मनोज काउछा मगर ०५५१२७८३०५

सदस्य                  मिन बाचे मगर   ०५५६७१०४०१

सदस्य                  भेष बहादुर थापा मगर ०५५९६४७७०१

Posted by Butwalonline on 3:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता हुने"

Leave a reply