अन्तर लायन्स क्लब सेभेन ए साईड फुटबवल प्रतियोगिताको तयारी पुरा
पोखरा,असोज २४ -भोलीदेखि पोखरामा हुने अन्तरलायन्स सेभेन ए साईड फुटवल प्रतियोगितामाको तयारी पुरा भएको छ । फेवा तालको छेउमा रहेको वाराहि डुङ्गाघाट खेल मैदानमा भोली विहान ८ वजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटि र लायन्स क्लब अप पोखरा युनाईड चौतारीबीच हुादैछ ।
आगामी २८ गते सम्म हुने सो प्रतियोगितामा कास्की जिल्लामा रहेका २१ वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गर्देछन् । लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५ रुपयाा र उपविजेता क्लवले १५ हजार ५ सय ५५ रुपयाा नगदको साथमा मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जनाएको छ ।
त्यसैगरी उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोल रक्षक र अनुशासन टिमलाई पनि दुई/दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता प्रचार–प्रसार संयोजक लायन उत्तम पण्डित्ले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन भोली विहान समाजसेवी एवं सिएनएन हिरो बर्ष २०१२ को लागि उत्कृष्ट १० मा पर्न सफल सुश्री पुस्पा बस्नेतले गर्दे हुनुहुन्छ । यसैबिच प्रतियोगिता उद्घाटनकोलागि बस्नेत पोखरा आईसक्नु भएको छ । आज अपहन्न पोखरा आईपुग्नुभएका समाजसेवी बस्नेतलाई आयोजक क्लबका अध्यक्ष लागन सुदिपराज ढुङ्गाना लगायतका टोलीले पोखरा विमानस्थलमा पुगी स्वागत गर्नुभयो ।
