|

प्याब्सन रुपन्देहीको बिस्तारित बैठक बुटवलमा सम्पन्न


प्रकाश आचार्य,बुटवल, असोज १९ ।निजी तथा आवासिय बिद्यालय अर्गनाईजेसन (प्याव्सन) रुपन्देहीको बिस्तारित बैठक शुक्रवार बुटवलमा बसेको छ ।बैठकले बिद्यालयहरुले सञ्चालनमा ल्याएका बसहरु प्याव्सन केन्द्रको निर्णय र पस्चिमाञ्चल ट्राफिक कार्यालयसंग भएको सम्झौता अनुरुप गर्ने निर्णय गरेको छ । त्यस्तै प्रिन्सिपलहरुको २ दिवसिय म्यानेजमेन्ट र वर्कशिप तालिम सञ्चालन गर्ने पनि निणर्य गरेको छ । प्याव्सन रुपन्देही तालिम बिभाग प्रमुख कमल प्रसाद रेग्मीको संयोजकत्वमा कार्यक्रम सम्पन्न हुने बताईएको छ ।

आगामी साधारण सभा सम्म सम्पन्न गर्ने गरी प्याव्सन रुपन्देहीका सल्लाहकार ईन्द्र बहादुर थापाको संयोजकत्वमा प्याव्सन रिभ्यु निणर्य समितीको गठन गरेको छ । त्यसैगरि आगामि मंसिर २३ गते देखी ३० गते सम्म प्याव्सन महोत्सव २०६९ सञ्चालन गर्ने भएको छ । प्याव्सन रुपन्देही खेलकुद बिभाग प्रमुख लक्ष्मण ज्ञवालीको संयोजकत्वमा उक्त महोत्सव सम्पन्न गर्न बिभिन्न ११ वटा उपसमिती पनि गठन गरेको छ । उत्त महोत्सवमा बिभिन्न खेलकुद कार्यक्रम, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, विज्ञान प्रर्दशनी बिभिन्न किताव प्रर्दशनी र कम्पयुटर टेक्नेलोजि र संबन्धी नया– नया प्रबिधिहरु सम्मिलित बिषयहरु महोत्सवमा समाबेश गरिने प्याव्सन प्रवत्ता सुदिप केसीले बताएका छन । प्याव्सन रुपन्देहीले भवन निमार्ण समिती समेत गठन गरेको छ । प्याव्सन अध्यक्ष कृष्ण खनालको संयोजकत्वमा भवन निमार्ण समिती गठन भएको हो ।

निर्माण समिती सदस्यहरुमा वर्तमान कार्यसमितीका सम्पुर्ण सदस्यहरु तथा डि.वी थापा झलक थापा, गम्भिर गुरुङ, लालहरि पाण्डे, चुडामणी भुषाल, बिष्णु पौडेल, ईश्वरी अधिकारी, हेम थापा, देवी गुरुङ, राधा गुरुङ, कुष्ण न्यौपाने, राजन ज्ञवाली लगायत रहेको प्याव्सनले जनाएको छ ।

त्यसैगरि वर्तमान कार्यसमितीका सल्लाहकारहरु भु पु अध्यक्षहरु र वर्तमान केन्द्रीय समितीका सदस्य तथा सल्लाहकार र रुपन्देहीबाट प्रतिनिधित्व गर्ने गरी निमार्ण समितीमा राखिएको छ । प्याव्सन रुपन्देही भवन निमार्ण समितीको पहिलो बैठकबाट ३ सदस्सीय लेखा समिती पनि गठन गरेको छ । प्याव्सन रुपन्देहीले करिब ८५ लाख बराबर अनुमानित बजेट रहेको भवनको शिलन्यास दशै अगावै गर्ने निणर्य गरेको बैठक पछि प्रबत्ता सुदिपद्धारा जारी विज्ञप्तीमा बताईएको छ ।

Posted by Butwalonline on 6:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्याब्सन रुपन्देहीको बिस्तारित बैठक बुटवलमा सम्पन्न"

Leave a reply