|

चाडपर्वलाई दृष्टिगत गर्दै जिप्रका गुल्मीद्वारा सुरक्षामा उच्च सतर्कता


गुल्मी ,असोज १९ -चाडपर्वलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले सुरक्षा सतर्कताका अपनाएको छ । कार्यालयले सुरक्षा प्रमुखहरुको वैठकवाट पारित सुरक्षा योजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ ।

सुरक्षा योजनाअनुसार विजयादशमी, तिहार र छठ पर्व सम्म आजैका मितिदेखि लागु हुने गरी यातायात, सांस्कृतिक मेला, पुजापाठ आदिमा हुन सक्ने सम्भावित अप्रिय घटना र सर्वसाधरणले भोग्नुपर्ने सास्तीका सम्वन्धमा विशेष कार्ययोजना वनाएको छ । प्रशासनले जिल्लामा रहेको लोकमार्ग र सहायकक मार्गमा हुने सवारी दुर्घटना, सवारी साधनमा लुटपाट, गुन्दागर्दी र झैझगडा न्युनिकरण र नियन्त्रणमा कडाइका साथ लाग्ने जनाएको छ ।

Posted by Butwalonline on 6:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चाडपर्वलाई दृष्टिगत गर्दै जिप्रका गुल्मीद्वारा सुरक्षामा उच्च सतर्कता "

Leave a reply