बुटवल धागो कारखाना पुन संचालनको तयारीमा
बुटवल असोज १९ गते । नेपाल कै ठुलो बुटवल धागो कारखाना पुन संचालनमा आउने भएको छ । विगत ५ वर्षदेखि चालुपुजीको अभावमा बन्द रहेको बुटवल धागो कारखाना नेपाल सरकारले निजी क्षेत्रलाई करारमा उत्पादन गर्न दिने निर्णय गरेपछि कारखाना संचालनमा आउने भएको हो ।
निजी क्षेत्रलाई करारमा दिने निर्णय गरेपछि यस क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने बुटवल धागो कारखानाका अध्यक्ष धुव्रप्रसाद रिजालले बताउनुभयो ।नेपाल सरकारले गत २०६६ आश्विन बाट सम्पुर्ण कामदार कर्मचारीलाई अनिवार्य अवकास दिएको थियो । कारखाना संचालनमा आएपछि पाच सय भन्दा बढि मजदुरले रोजगारी पाउने भएका छन् ।
